Technology Khabar ४ पुष २०८१, बिहीबार
काठमाडौं ।
मिडियाटेकले डिसेम्बर २३ तारिखमा स्थानीय समय अनुसार दिउँसो ३ बजे चीनमा “नयाँ पुस्ताको डाइमेन्सिटी चिप्स” प्रस्तुत गर्ने घोषणा गरेको छ। ताइवान सेमीकन्डक्टर कम्पनीले आगामी सोमबार घोषणा गरिने चिपहरूको नाम भने खुलासा नगरेको भए तापनि ती मध्ये एउटा डाइमेन्सिटी ८४०० एसओसी हुने आशा गरिएको छ।
मिडियाटेक बाट डाइमेन्सिटी ८४०० एसओसी को बारेमा कुनै शब्द नआएको उल्लेख गरिएको छ। यद्यपि लीकस्टर डिजिटल च्याट स्टेशनले भने डाइमेन्सिटी ८४०० १+३+४ आर्किटेक्चरको साथ ४एनएम चिप हुने उल्लेख गरेको छ। साथै यसले इम्मोर्टालिस–जी७२० एमसी७ जीपीयू प्रयोग गर्ने र अनटुटु बेन्चमार्कमा १.८ मिलियन भन्दा बढी स्कोर (अंक प्राप्त) गरेको उल्लेख छ।
त्यसैगरी भर्खरै देखा परेको रेडमी टर्बो ४ डाइमेन्सिटी ८४०० एसओसी प्रयोग गर्ने पहिलो स्मार्टफोन हुने अफवाह रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ४ पुष २०८१, बिहीबार