नमस्ते पे मार्फत उड़ान टिकट खरिदमा रु १५० सम्मको क्यासब्याक, हरेक महिना आकर्षक उपहार

Technology Khabar ४ पुष २०८१, बिहीबार

काठमाडौं ।

नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मुल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्य का साथ नमस्ते पे ले नयाँ अफर सुरु गरेको छ। यो अफर पौष १२०८१ देखि फाल्गुन २९ २०८१ सम्म लागू हुने जनाइएको छ।

यस अफर अन्तर्गत नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथमा हरेक बुधबार नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने ३० यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १५० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसैगरी हरेक महिना १ भाग्यसाली उडानकर्ताले लक्की ड्र मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन। जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन्।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको संस्थाको दावी छ।

जस अनुरुप * 500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले यूएसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।

प्रकाशित: ४ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया