आईओएस १८.३ बिटा १ उपलब्ध

Technology Khabar ४ पुष २०८१, बिहीबार

काठमाडौं ।

आईओएस १८.२ सार्वजनिक भएको एक हप्ता भन्दा कम समयपछि एप्पलले फेरि एक पटक बिटा चक्र सुरु गरेको छ। आईओएस १८.३ अब विकासकर्ता बिटा परीक्षकहरूको लागि उपलब्ध भएको बताइएको छ।

आईओएस १८.३ बिटा १ अब बिल्ड नम्बर २२डी५०३४ई को साथ विकासकर्ता बिटा परीक्षकहरूको लागि उपलब्ध भएको उल्लेख छ। यद्यपि त्यहाँ कुनै सार्वजनिक बिटा उपलब्ध नभएको र त्यो कहिले परिवर्तन हुनेछ भनेर कुनै समय तालिका पनि उपलब्ध नभएको उल्लेख छ।

आईओएस १८.२ ले आईफोनमा धेरै प्रमुख नयाँ सुविधाहरू थपेको उल्लेख छ। साथै अपडेटलाई नयाँ एप्पल इन्टेलिजेन्स अपग्रेडहरूको साथ हेडलाइन गरिएको र जसमा जेनमोजी, इमेज प्लेग्राउन्ड, र सिरीसँग च्याटजीपीटी एकीकरण समावेश रहेको उल्लेख छ।

यद्यपि आईओएस १८.३ मा नयाँ के छ भन्ने बारे कुनै शब्द (जानकारी) उपलब्ध नभएको बताइएको छ। साथै एप्पलको रोडम्यापमा अझै धेरै एप्पल इन्टेलिजेन्स फिचर्सहरू छन् जसमा अर्को पुस्ताको सिरीको साथ पर्सनल कन्टेक्स्ट, इन–एप एक्सन्स र अन–स्क्रिन अवेरनेस समावेश रहेका छन्।

त्यसैगरी आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरी तपाईंको सबैभन्दा महत्त्वपूर्ण नोटिफिकेसनहरू पहिले सतहमा ल्याउने फिचर ‘प्रायोरिटि नोटिफिकेसन्स’ को पनि पर्खिाइमा रहेको बताइएको छ।

एप्पल इन्टेलिजेन्स फिचर्स (सुविधाहरू) बाहेक, एप्पलले होमकिटको लागि रोबोट भ्याकुम समर्थनमा पनि काम गरिरहेको र एप्पल मेलको पुनः डिजाइनलाई आईप्याड र म्याकमा ल्याउन लागेको उल्लेख गरिएको छ।

आईओएस १८.३ सम्भवतः जनवरीको अन्त्यमा सर्व साधारणको लागि जारी हुने आशा गरिएको छ। त्यस पछि, आईओएस १८.४ बिटाको परीक्षण भने मार्च वा अप्रिलको अपेक्षित रिलीज अघि सुरु हुने ९टु५म्याकले उल्लेख गरेको छ।

प्रकाशित: ४ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया