गुगलको पिक्सेल १० डिभाइसहरूमा मिडियाटेकको सार्वजनिक हुन बाँकी मोडेम प्रयोग गरिने

Technology Khabar ४ पुष २०८१, बिहीबार

काठमाडौं ।

गुगलले आफ्नो पिक्सेल १० प्रोटोटाइपहरू मिडियाटेक मोडेम अर्थात् टी९०० का साथमा परीक्षण गरिरहेको एउटा नयाँ रिपोर्टले खुलासा गरेको छ। गुगलको भर्खरको पिक्सेलमा सबै सामसङ एक्सिनोस मोडेमहरू रहेको हुनाले तिनीहरूको टेन्सर एसओसीहरू व्यावहारिक रूपमा कस्टमाइज्ड  सामसङ चिपसेटहरू भएको बताइएको छ।

यद्यपि अर्को वर्षको टेन्सर जी५ भने पूर्ण रूपमा गुगलको डिजाइनमा हुने बताइएको छ जुन टीएसएमसीद्वारा निर्मित हुने अपेक्षा गरिएको छ। साथै कम्पनीले फरक मोडेम प्रदायकमा धेरै राम्रोसँग स्विच गर्न सक्ने थप उल्लेख गरिएको छ जुन क्वालकमको सट्टा मिडियाटेक हुने बताइएको छ।

त्यसैगरी मिडियाटेक टी९०० मोडेम अझै सम्म पनि घोषणा नगरिएको हुनाले यसको बारेमा केहि थाहा नभएको बताइएको छ। त्यसैले क्वालकमको तुलनामा यो कति राम्रो हुनेछ भनेर कुनै अनुमान गर्न असम्भव रहेको थप उल्लेख गरिएको छ।

गुगलले यो सम्भवतः क्वालकमको भन्दा सस्तो भएको हुनाले यसलाई छनौट गरेको हुनसक्ने अपेक्षा नगरिएको उल्लेख छ।

साथै फ्ल्यागशिप चिपसेटहरू सम्बन्धी अनगिन्ती अफवाहहरूको आधारमा, मिडियाटेकले मूल्य निर्धारणको सन्दर्भमा सधैं आफ्नो प्रतिद्वन्द्वीलाई पछि पारेको देखिन्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ४ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया