Technology Khabar ३ पुष २०८१, बुधबार
काठमाडौं ।
मेटाको थ्रेड्स एपको प्रयोगकर्ताहरू अब ३० करोड पुगेको छ र प्रत्येक दिन १० करोडभन्दा बढी मानिसहरूले यो सेवा प्रयोग गर्ने उल्लेख गरिएको छ। “थ्रेडको बलियो गति जारी छ” भनी मार्क जुकरबर्गले थ्रेड्सको पोस्टमा नयाँ माइलस्टोनको घोषणा गरेको उल्लेख छ।
थ्रेड्ससँग कम्पनीको अर्को अरब प्रयोगकर्ता एप बन्ने “राम्रो मौका” रहेको जुकरबर्गले बारम्बार अनुमान लगाएका छन्। यद्यपि उक्त लक्ष्यबाट यो अझै पनि धेरै टाढा रहेको भएता पनि यसको वृद्धि द्रुत रूपमा बढेको देखिएको बताइएको छ।
एपले पछिल्लो शरद ऋतुमा १० करोड प्रयोगकर्ताहरू भेटेको र नोभेम्बरको सुरुमा २७५ मिलियन पुगेको उल्लेख गरिएको छ। साथै एप्पलको र्याङ्किङमा शीर्ष स्थान लिएको शपिङ एप टेमुपछि थ्रेड्स सन् २०२४ मा सबैभन्दा धेरै डाउनलोड गरिने दोस्रो एप भएको एप्पलले सार्वजनिक गरेको छ।
त्यसैगरी मेटाले ती वृद्धिमा पूंजीकरण गर्ने भएकाले आउँदो हप्ताहरूमा थ्रेडहरूका लागि केही प्रमुख परिवर्तनहरू देख्न सकिने सम्भावना रहेको उल्लेख छ। कम्पनीले कथित रूपमा सन् २०२५ को शुरुवातमा थ्रेड्सको लागि पहिलो विज्ञापनहरू प्रयोग गर्न सुरु गर्ने योजना बनाएको द इन्फर्मेसन ले भर्खरको रिपोर्टमा उल्लखे गरेको बताइएको छ।
केही लामो समयका प्रयोगकर्ताहरूले अहिले एक्स भनेर चिनिने प्लेटफर्मबाट बाहिरिएको हुनाले “पब्लिक स्क्वायर” (सार्वजनिक वर्ग) लाई पुनः दावी गर्ने प्रयास गर्ने थ्रेड्स मात्र एउटै एप नभएको उल्लेख गरिएको छ। ब्लूस्काइ ले पनि पछिल्लो समय उल्लेखनीय वृद्धि देखेको उल्लेख छ।
विकेन्द्रीकृत सेवाले नोभेम्बरमा आफ्ना प्रयोगकर्ताहरूको आधार झण्डै दोब्बर बनाएको र हाल मात्र २५ मिलियन भन्दा बढी प्रयोगकर्ताहरू रहेको बताइएको छ। (कम्पनीले कति प्रयोगकर्ताहरू दैनिक साइट भ्रमण गर्छन् भन्ने बारे कहिले पनि खुलासा गरेको छैन।) मेटाले हालैका हप्ताहरूमा ब्लूस्काइका स्टार्टर प्याकहरू र कस्टम फिडहरू समावेश रहेको केही सिग्नेचर फिचर्सहरूबाट प्रेरणा लिएको जस्तो देखिएको इन्ग्याजेटले उल्लेख गरेको छ।
प्रकाशित: ३ पुष २०८१, बुधबार