सामसङ ग्यालेक्सी रिङ नयाँ साइजहरूमा आउने

Technology Khabar ३ पुष २०८१, बुधबार

काठमाडौं ।

सामसङको “स्मार्ट” ग्यालेक्सी रिङ सन् २०२५ को जनवरीदेखि दुई नयाँ साइजमा उपलब्ध हुने भएको छ।

ग्यालेक्सी रिङहरू १४ र १५ साइजमा विस्तार गरिने भएकाले यो डिभाइस ठूला (मोटा) औंलाहरू भएका मानिसहरूले प्रयोग गर्न सक्षम हुनेछन् भनि सोशल मिडियामा एक टिपस्टरले यो नयाँ जानकारीको खुलासा गरेको टेलिग्राफ रिपोर्ट गरेको छ।

मोडेल नम्बर एसएम–क्यू५१४ रहेको साइज १४ को आन्तरिक व्यास २३एमएम हुने बताइएको छ। त्यसैगरी साइज १५ को आन्तरिक व्यास २३.८ एमएम हुने र मोडेल नम्बर एसएम–क्यू५१५ रहेको उल्लेख गरिएको छ। साथै दुबै डिभाइसहरूको तौल ३.२ ग्राम हुने थप उल्लेख गरिएको छ।

नयाँ ग्यालेक्सी रिङ साइजहरू सेप्टेम्बरमा अनउने अनुमान गरिएको थियो। यद्यपि, सामसङलाई यो रिङहरू बजारमा ल्याउन लामो समय लागेको छ।

नयाँ आकार (साइज) हरूका सामसङको “स्मार्ट” ग्यालेक्सी रिङ केही हप्ता भित्र उपलब्ध हुने टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ३ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया