Technology Khabar २ पुष २०८१, मंगलवार
काठमाडौं ।
पछिल्लो आईफोन १६ को लागि दुई सबैभन्दा ठूलो बिक्री बिन्दु क्यामरा कन्ट्रोल बटन र एप्पल इन्टेलिजेन्स भएको उल्लेख गरिएको छ।
यद्यपि एप्पल इन्टेलिजेन्सले भने धेरै नै ‘सेकि प्रिजेन्टेसन’ देखेको र यो अझै पनि प्रगतिमा रहेको काम हो भन्ने कुरा स्पष्ट भएको उल्लेख गरिएको छ।
एप्पलले भर्खरै आईओएस १८.२ प्रस्तुत गरेको र जसले सेप्टेम्बरमा देखा परेका मुट्ठीभर नयाँ एआई टुल्सहरू ल्याएको टेलिग्राफले रिपोर्ट गरेको छ।
यसैबीच, बहुप्रतीक्षित सिरीलाई भने आईफोन १७ को लन्च भएको लामो समयपछि सन् २०२६ सम्मका लागि पर ढकेलिको बताइएको छ।
यद्यपि सिरीको हालको संस्करणमा भने अझै पनि सबैभन्दा आधारभूत आदेशहरू र प्रश्नहरू बुझ्न गाह्रो हुने गरेको बताइएको छ।
सिरीले कम्तीमा पनि प्रयोगकर्ताहरूको प्रश्नहरू वा अनुरोधहरूलाई धेरै सक्षम एआई मोडेलमा अफलोड गर्न सकून् भन्ने हेतुले आईओएस १८.२ ले च्याटजीपीटी सँग एकीकरण ल्याएको उल्लेख गरिएको छ।
त्यसैगरी धेरैले उत्सुकतापूर्वक पर्खिरहेको अर्को फिचर मध्य नोटिफिकेसन एग्रिगेसन पनि एक भएको उल्लेख गरिएको छ।
यद्यपि प्रयोगकर्ताहरूको लागि उपलब्ध उपकरणहरू मुश्किलले काम गर्ने भएकोले एप्पल इन्टेलिजेन्सले अझै लामो यात्रा तय गर्न बाँकी रहेको टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २ पुष २०८१, मंगलवार