दमकमा घरमै गएर राष्ट्रिय परिचयपत्र वितरण

  • Technology Khabar | ३० मंसिर २०८१, आईतवार
दमकमा घरमै गएर राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौं ।

वडामा सेवा लिन आउन समस्या नहोस् भनेर ज्येष्ठ नागरिक तथा अशक्तलाई निःशुल्क सवारीसाधनको व्यवस्थापन गरेको दमक नगरपालिका-८ ले सवारीसाधनमा पनि आउन नसक्नेलाई घरमै पुगेर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन थालेको छ।

विगत दुई महिनादेखि वडा कार्यालयबाट वितरण भएको परिचयपत्र लिन आउन नसकेकालाई घरमै पुगेर सेवा दिन सुरु गरिएको वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) ले बताए। इलाका प्रशासन कार्यालय दमकको सहकार्यमा वडा कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण गर्दै आएको छ।

वडामा तीन हजार सात वटा परिचयपत्र बनेर आएका थिए। वडाबाट तीन हजार परिचयपत्र वितरण गरिसकिए पनि वडामा आउन नसक्ने बाँकी बडाबासोलाई घरमै गएर उपलब्ध गराउने दाहालको भनाइ छ। बडाध्यक्षसहित बडा सदस्यहरूले घर घरमा परिचयपत्र पुयाउने कामको बुधबारदेखि सुरुवात गरिएको बताइएको छ।-रासस

 

प्रकाशित: ३० मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार