रुसले सन् २०३० सम्ममा १६ सहरमा फाइभजी सेवा शुरु गर्ने

  • Technology Khabar | ३० मंसिर २०८१, आईतवार
रुसले सन् २०३० सम्ममा १६ सहरमा फाइभजी सेवा शुरु गर्ने
सांकेतिक तस्विर। फ्रिपिक डटकमबाट।

काठमाडौं ।

रुसले सन् २०३० सम्ममा १६ सहरमा फाइभजी सुरु गर्ने योजना बनाएको छ।

सन् २०३० सम्म कुल १६ रूसी शहरहरूमा फाइभजी सेवाहरू हुने फेडरेशन काउन्सिलको बैठकमा डिजिटल विकास, सञ्चार र मास मिडिया मन्त्री माक्सुत शादायेभको भाषणलाई उद्धृत गर्दै टासले रिपोर्ट गरेको छ।

स्थानीय ५जी आधार स्टेशनहरूको व्यावसायिक उत्पादन सन् २०२६ मा सुरु गर्नुपर्ने शादायेभले भने।

योजनाले २०२६ मा १ लाख ग्राहकहरू र त्यसपछि २०३० मा १७.८ मिलियन ग्राहकहरूलाई कभर गर्ने छ।

प्रकाशित: ३० मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार