ओपनएआईको च्याटजीपीटी सेवा बिहिबार डाउन हुनुको कारकमा ‘निगरानी सफ्टवेयर’

  • Technology Khabar | २९ मंसिर २०८१, शनिबार
ओपनएआईको च्याटजीपीटी सेवा बिहिबार डाउन हुनुको कारकमा ‘निगरानी सफ्टवेयर’

काठमाडौं ।

ओपनएआईले बिहीबार एक्स पोष्टमा बताएअनुसार यसको लोकप्रिय च्याटजीपीटी सहायक, सोरा भिडियो जेनेरेटर र सफ्टवेयर विकासकर्ताहरूको लागि प्रोग्रामिङ इन्टरफेस डाउन भएको केहि घण्टा पछि फेरि काम गरिरहेको छ।

च्याटजीपीटी फेरी कार्यमा आएको छ। ओपनएआईका सीईओ साम अल्टम्यानले डिसेम्बर ४ मा कम्पनीको प्रविधिले हरेक हप्ता ३० करोड सक्रिय प्रयोगकर्ताहरू पुगिरहेको बताए। बुधबार, एप्पलले आईफोन, आईप्याड र म्याकका लागि आफ्नो सफ्टवेयरको नयाँ संस्करणहरू जारी गर्यो जसले च्याटजीपीटीसँग इन्ट्रिगेसन ल्याउँछ।

ओपनएआई स्ट्याटस पेजका अनुसार, च्याटजीपीटी चार घण्टा भन्दा बढीको लागि डाउन भएको थियो। यसअघि जून महिनामा एक आउटेज पाँच घण्टा भन्दा बढी चलेको थियो।

गएको सोमबार ओपनएआईले सोरालाई अमेरिका र अन्य धेरै देशहरूमा मानिसहरूका लागि रिलिज गरिरहेको बताएको थियो, तर मंगलबार, अल्टम्यानले एक्समा लेखे “हामीले सोराको मागलाई उल्लेखनीय रूपमा कम आँकलन गर्यौं; सबैको पहुँचमा पुग्न केही समय लाग्ने छ।”

बिहीबार अबेर ओपनएआईले यो घटना सुरक्षा घटना वा प्रक्षेपणका कारण नभई निगरानी सफ्टवेयरको परिचयको कारण भएको बताएको छ।

प्रकाशित: २९ मंसिर २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...