काठमाडौं ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेरचन्द्र खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताएका छन्।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको ५८औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उनले हालको तालिम प्रक्रिया परिस्कृत गर्नुपर्ने धारणा राखे। सूचना प्रविधिको प्रयोग प्रहरी तालिममा प्रयोग गर्नुपर्ने धारणा उनले राखे।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरका प्रमुख अभिनारायण काफ्लेको अध्यक्षतामा सम्पन्न सो समारोहमा ‘प्रहरी जवान’ नामक स्मारिका विमोचनका साथै विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो।
प्रकाशित: २८ मंसिर २०८१, शुक्रबार