टेन्सटोरन्ट र बीओएस सेमिकन्डक्टर्सद्वारा अटोमोटिभ एआई चिप सार्वजनिक

  • Technology Khabar | २८ मंसिर २०८१, शुक्रबार
टेन्सटोरन्ट र बीओएस सेमिकन्डक्टर्सद्वारा अटोमोटिभ एआई चिप सार्वजनिक

काठमाडौं ।

क्यानाडाको स्टार्टअप टेन्सटोरन्ट र दक्षिण कोरियाली चिप स्टार्टअप बीओएस सेमिकन्डक्टर्सले बिहीबार सवारी साधनका लागि इन-भेइकल इन्फोटेनमेन्ट र स्वचालित ड्राइभिङमा प्रयोग हुने कृत्रिम बुद्धिमत्ता (एआई) चिप सार्वजनिक गरेका छन्।

सवारी साधनहरू ‘गाडीभित्रका कम्प्युटर’ जस्तै बन्दै जाँदा, जटिल सुविधाहरूका लागि आवश्यक उच्च प्रदर्शन कार्यभार व्यवस्थापन गर्न एआई चिपको माग बढिरहेको छ।

बीओएस सेमिकन्डक्टर्सका संस्थापक पार्क जे-हङले यी चिपहरूलाई उद्योगकै पहिलो “अटोमोटिभ चिपलेट एआई एक्सेलेरेटर” भएको बताएका छन्।

रोयटर्सका अनुसार चिपलेट भनेको साना चिपहरू हुन्, जसलाई लेगो ब्लकहरूजस्तै ठूलो प्रणालीमा मिलाएर बनाइन्छ। यसले अटोमेकरहरूलाई आफ्नो आवश्यकता अनुसार प्रणाली अनुकूलन गर्न र विशेष कार्यहरू अपडेट गरेर लागत घटाउन सहयोग पुर्‍याउँछ।

पार्कका अनुसार बीओएस सेमिकन्डक्टर्स जर्मनीका अज्ञात अटोमेकरहरूसँग ‘ईगल-एन’ नामका यी उत्पादन आपूर्ति गर्ने विषयमा छलफल गरिरहेको छ। यी उत्पादनहरू जनवरीमा हुने कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा सार्वजनिक हुने र २०२६ को अन्त्यतिर उत्पादनमा जानेछन्।

प्रकाशित: २८ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...