Technology Khabar २६ मंसिर २०८१, बुधबार
काठमाडौं ।
एपलले सन् २०२२ मा लन्च गरेको आईफोन एसई ३ को अब सन् २०२५ को पहिलो त्रैमासमा उत्तराधिकारीको रूपमा आईफोन एसई ४ आउने अफवाह रहेको छ।
एप्पलले भने यसबारेमा अहिलेसम्म केही पनि उल्लेख नगरको बताइएको छ। यद्यपि दक्षिण कोरियाली प्रकाशन ईटी न्यूज ले आईफोन एसई ४ को क्यामरा अपग्रेडको अघिल्लो अफवाहहरूलाई पुष्टि गरेको छ।
आईफोन एसई ३ मा १२ मेगापिक्सेलको प्राथमिक क्यामरा र ७ मेगापिक्सेलको सेल्फी क्यामराहरू समावेश गरिएका थिए। यद्यपि, आईफोन एसई ४ मा भने ४८ मेगापिक्सेलको प्राथमिक क्यामरा र १२ मेगापिक्सेलको सेल्फी शूटर रहने उल्लेख गरिएको छ।
उद्योग स्रोतहरूलाई उद्धृत गर्दै ईटी न्यूजले आईफोन एसई ४ का लागि अगाडि र पछाडिको क्यामरा मोड्युलहरू एलजी इनोटेकले आपूर्ति गर्ने दावी गरेको छ। साथै आईफोन एसई ४ मा पनि आईफोन १६ को जस्तै क्यामराहरू प्रयोग गर्ने अपेक्षा गरिएको छ। यद्यपि, आईफोन एसई ४ मा अल्ट्रावाइड एकाइ भने नहुने थप उल्लेख गरिएको छ।
त्यसैगरी फक्सकन र कोवेल इलेक्ट्रोनिक्सले पनि आईफोन एसई ४ का लागि क्यामराहरू आपूर्ति गर्ने रिपोर्टले दावी गरेको छ। यसबाहेक रिपोर्टका अनुसार ओएलईडी प्यानलहरू एलजी डिस्प्ले र बीओईबाट प्राप्त गरिने र एलजी डिस्प्लेले २५–३५ प्रतिशत प्यानलहरू एप्पललाई आपूर्ति गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २६ मंसिर २०८१, बुधबार