विद्युतीय भुक्तानीको भ्याट यथावत् रहने

Technology Khabar २६ मंसिर २०८१, बुधबार

काठमाडौं ।

सर्वोच्च अदालतले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट एन्ड क्लियरिङ) मा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) को व्यवस्था हटाउन माग गर्दै दायर रिट खारेज गरेको छ। विद्युतोय भुक्तानोमा भ्याट लगाउँदा आमउपभोक्तामा मार परेको भन्दै अधिवक्ता अनुपम भट्टराईले दायर गर्नुभएको रिट अदालतले खारेज गरिदिएको हो। अदालतले रिट खारेज गरेसँगै आर्थिक ऐन, २०५१ को व्यवस्था अनुसार शुल्क यथावत् रहने भएको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रिट खारेज गरेको हो। सरकारले चालु आर्थिक वर्षको बजेटबाट भ्याट छुटको सुविधाबाट क्लियरिङ हाउसलाई हटाएको थियो। २०६१ साउनबाट विद्युतीय भुक्तानीमा १३ प्रतिशत भ्याट उपभोक्तामा थपिएको थियो। फोन पेमार्फतको अन्तरबैक कारोबार कनेक्ट आइपिएस तथा वालेटमार्फट हुने भुक्तानोमा पनि भ्याट लाग्ने व्यवस्था सरकारले गरेको थियो।

वार्षिक बजेटको नयाँ व्यवस्थाले उपभोक्तामा १३ प्रतिशत अतिरिक्त भार थपिएको र विद्युतीय
भुक्तानी प्रणाली प्रोत्साहनको सट्टा निरुत्साहित भएको भन्दै फिर्ता गर्ने राजनीतिक लबिङसमेत भइरहेको छ।

आर्थिक ऐनको व्यवस्थाले क्लियरिङ र सेटलमेन्ट सेवामा पनि अतिरिक्त भार थपिएको थियो। नेपाल राष्ट्र बैकले अहिले अन्तरबैक रकम ट्रान्सफरमा अधिकतम १० रुपियाँ शुल्क तोकेको छ।

नयाँ व्यवस्था अनुसार उक्त रकममा थप १३ प्रतिशत भ्याट लागेको छ। भ्याट थपिएपछि उच्च रकम ११ रुपियाँ ३० पैसा पुगेको छ। यस्तै क्लियरिङमा लाग्दै आएको आठ रुपियाँमा भ्याटसहित नौ रुपियाँभन्दा बढी पुगेको छ।

भुक्तानीलाई निरुत्साहित बनाएको भन्दै अदालतमा कात्तिक ११ गते रिट दर्ता भएको थियो। करको प्रचलित कानुन, सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यासविपरीत हुने गरी भ्याट लगाइएकाले खारेज हुनुपर्ने माग रिटमा गरिएको छ।

सेवा शुल्कले उपभोक्तामा अतिरिक्त भारसमेत थपिएकाले हटाउन रिटमा माग गरिएको थियो। रिटमा अदालतले कात्तिक २२ गते कारण देखाऊ आदेश जारी गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको थियो। लगातार आठ पटक हेर्न नभ्याइने सूचीमा परेको रिट मगलबार संयुक्त इजलासले खारेज गरेको हो।

आजको गोरखापत्रबाट

प्रकाशित: २६ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया