
काठमाडौं ।
मेटाले यस हप्ता म्यानमार, लाओस, कम्बोडिया, संयुक्त अरब इमिरेट्स र फिलिपिन्समा जालसाजी केन्द्रहरूसँग जोडिएका २० लाख भन्दा बढी खाताहरू हटाएको घोषणा गरेको छ।
कम्पनीले सन्देशहरू मार्फत संसारभरका मानिसहरूलाई ठगी गर्ने योजनाहरू प्रयोग गरेर मानिसहरूलाई झूटा बहानामा केहि लगानी गर्न मनाउने आपराधिक संगठनहरूलाई पछ्याएको उल्लेख गरिएको छ।
जालसाजी र ठगी गर्ने खाताहरू हटाउनको लागि थप प्रभावकारी हुनलाई मेटाले कानून प्रवर्तन एजेन्सीहरूसँग सहकार्य गरेको छ भनि विदेशी मिडिया लेखेको टेलीग्राफीले रिपोर्ट गर्दछ।
यस्तो किसिमको स्क्याम (घोटाला) मा अनलाइनमार्फत कसैसँग भरपर्दो व्यक्तिगत सम्बन्ध निर्माण गर्दै पैसा जम्मा गर्न लागाएर अन्ततः पीडितको पैसा फसाउने गरिन्छ।
पीडितसँग विश्वास निर्माण गर्नको लागि सुरुमा यी स्क्याम (घोटालाहरू) ले प्रायः पीडितलाई थोरै रकम विथड्र (झिक्न) को लागि अनुमति दिने गर्दछन् र जब पीडितहरूले आफ्नो “लगानी” फिर्ता गर्न माग गर्न थाल्छन् वा उनीहरूसँग पैसा छैन भन्ने स्पष्ट हुन्छ त्यसपछि स्क्यामरहरू गायब हुने गर्दछन्।
यी स्क्याम (घोटाला) हरू पहिलो पटक कोभीड–१९ महामारीको समयमा विशेष गरी एशिया–प्रशान्त क्षेत्रमा देखा परेका थिए।
एशियामा अवस्थित रहेका यी खतरनाक स्क्याम सेन्टर्स (घोटाला केन्द्रहरू) ले विश्वभरका मानिसहरूलाई लक्षित गर्ने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २६ मंसिर २०८१, बुधबार