शाओमीको अर्को ईभी मोडल वाईयू ७ सन् २०२५ को मध्यमा आउँदै

  • Technology Khabar | २६ मंसिर २०८१, बुधबार
शाओमीको अर्को ईभी मोडल वाईयू ७ सन् २०२५ को मध्यमा आउँदै

काठमाडौं ।

शाओमीको आगामी इलेक्ट्रिक एसयूभीको विवरणहरू एमआईआईटी लिस्टिङले खुलासा गरेको छ। साथै उक्त ईभी मोडलको नाम ‘वाईयू७’ रहेको कम्पनीले आधिकारिक रूपमा जानकारी दिएको छ।

त्यसैगरी वेइबोको आधिकारिक घोषणाले यो ईभी सन् २०२५ को जुन र जुलाई महिनाको बीचमा आउने सुझाव दिएको थप उल्लेख गरिएको छ।

एमआईआईटी लिस्टिङले यो वाईयू७ ईभीको एउटा २२० किलोवाट अधिकतम आउटपुट र अर्को २८८ किलोवाटको साथ कम्तिमा पनि दुई पावरट्रेन कन्फिगरेसनहरू आशा गर्न सकिने बताएको छ।

साथै वाईयू७ को दुबै ईभीमा दुईवा मोटरहरू समावेश गरिने बताइएको छ। सीएटीएल द्वारा आपूर्ति गरिएको ब्याट्रीको क्षमताको बारेमा भने विवरणहरू उपलब्ध नभएको बताइएको छ।

त्यसैगरी २,४०५ किलोग्राम तौल र ३,००० मिमी व्हीलबेसको साथ वाईयू७ को आयामहरू ४,९९९ मिमी × १,९९६ मिमी × १,६०० मिमी रहेको एरिनाईभीले उल्लेख गरेको छ।

प्रकाशित: २६ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yamaha FZS FI Hybrid sees overwhelming demand, sold out within a week; pre-bookings open for next batch

  • Technology Khabar
  • २६ मंसिर २०८१, बुधबार