Technology Khabar २५ मंसिर २०८१, मंगलवार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) द्वारा व्यवस्थापन भइरहेको वेब होस्ट म्यानेजर सी प्यानलको लाइसेन्स खरिदका लागि टेण्डर आह्वान गरेको छ।
केन्द्रले एउटा सूचना प्रकाशित गरेर ठेक्का नं. (IDMC / SQ / G/2081- 082/002) रहेको यो टेण्डरका लागि विद्युतीय माध्यम (ई-बिडिङ) बाट सिलबन्दी दरभाउपत्र आह्वान गरिएको जानकारी दिएको हो।
यसका लागि इच्छुक फर्म/कम्पनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ईजीपी पोर्टलबाट आवश्यक कागजात डाउनलोड गरी विवरणहरू भरेर आगामी पुस ०९ गते दिनको १२ बजेभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न सकिने बताइएको छ।
यस सम्बन्धी विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ईजीपी पोर्टल www.bolpatra.gov.np/egp मा हेर्न सकिनेछ जनाइएको छ।
प्रकाशित: २५ मंसिर २०८१, मंगलवार