प्रतिस्पर्धा विरोधी कानुन उल्लङ्घनको आशङ्कामा चीनको नियामकद्वारा एनभिडियामाथि छानबिन

  • Technology Khabar | २५ मंसिर २०८१, मंगलवार
प्रतिस्पर्धा विरोधी कानुन उल्लङ्घनको आशङ्कामा चीनको नियामकद्वारा एनभिडियामाथि छानबिन
फाइल तस्बिर

काठमाडौं ।

चीनको बजार नियामक निकायले अमेरिकी चिप निर्माता एनभिडिया कर्पोरेशनविरुद्ध देशको प्रतिस्पर्धाविरोधी कानुन उल्लङ्घन गरेको आशङ्कामा अनुसन्धान सुरु गरेको छ।

राज्य बजार नियमन प्रशासन (एसएएमआर) का अनुसार एनभिडियाले सन् २०२० मा मेलानोक्स टेक्नोलोजिज लिमिटेडलाई अधिग्रहण गर्दा गरेको प्रतिबद्धताहरू उल्लङ्घन गरेको आशङ्का पनि छ।

यो अनुसन्धान अमेरिकाले हालै चीनको सेमिकन्डक्टर उद्योगमा थप कडा निर्यात नियन्त्रणहरू लागू गरेपछि आएको र oसमा चिप उपकरण निर्माताहरू सहित १४० कम्पनीहरूलाई निर्यातमा प्रतिबन्ध लगाइएको रोयटर्सले उल्लेख गरेको छ।

यो समाचारपछि एनभिडियाको सेयर मूल्यमा गिरावट आएको छ। यसको सेयर मूल्य प्रि-मार्केट ट्रेडिङमा २.१% ले घटेर १३९.४८ अमेरिकी डलरमा पुगेको थियो। एनभिडियाले हालसम्म यस विषयमा कुनै टिप्पणी गरेको छैन।

प्रकाशित: २५ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार