नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच बृहत अन्तरक्रिया

Technology Khabar २५ मंसिर २०८१, मंगलवार

काठमाडौं ।

गत शुक्रबार मंसिर २१ गते जगतपुर, चितवनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोवाइल्स एशोसिएशन र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरुविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको थियो।

सो कार्यक्रममा प्रदेशहरुको संरचनालाई कसरी अगाडि बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधनका सम्बन्धमा, खुल्ला बोर्डरले पारेको समस्याहरुको सम्बन्धमा, व्यवसायीहरुको पुरानो स्टकको समस्या, नाडाको इतिहासको सम्बन्धमा, नाडाको सदस्यता लिदा प्रदेशबाट अनिवार्य स्वीकृतl लिनु पर्ने लगायत विषयमा छलफल भएको थियो।

यसबाहेक नाडामा उठेको रकमबाट प्रदेशलाई सहयोग गर्ने सम्बन्धमा, सवारी साधन आयातकर्ता र डिलरहरु विचको समस्याका सम्बन्धमा, हालको आर्थिक मन्दीले अटोमोबाइल व्यवसायमा पारेको समस्या, सेकेण्ड हयाण्ड अटोमोबाइल पार्टसहरुको व्यवस्थापन र त्यसको वैधानिकताको सम्बन्धमा, भन्सार मूल्याङ्कनले पारेका समस्याहरुका सम्बन्धमा र चितवन अटोमोबाइल डिलर्स एशोसिएशले (काडा) आयोजना गरेको अटो एक्सपोको जानकारीका सम्बन्धमा लगायत १४ वटा विषयहरुमा क्रमबद्ध रुपमा छलफल गरिएको बताइएको छ।

कार्यक्रमको अन्त्यमा नाडाका निवर्तमान अध्यक्ष डा. ध्रुव थापाले अटोमोबाइल व्यवसायमा हाल देखा परिरहेको समस्या र त्यसको समाधानको विषयमा विशेष चर्चा गरेका थिए।

सो कार्यक्रममा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, मेघराज पौडेल, निलमणी पाठक, दिपेन्द्रकुमार मिश्रा, तोयानाथ खनाल, नारायणप्रसाद पौडेल, केदार अग्रवाल, नाडाको संस्थागत सदस्य तथा चितवन अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष कुलवहादुर क्षेत्री, नाडाका सस्थागत सदस्य तथा मोरङ्ग अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।

त्यसैगरी चितवन अटोमोबाइल्स एशोसिएशनकातर्फबाट कृष्णप्रसाद भण्डारी, अमृत जोशी, रामशरण भट्टराई, जोगेन्द्र प्रधान, मोहन केशी, वालमुकुण्द तिवारी, विवज्ञ पिया, महेन्द्र वाग्ले, देविप्रसाद बराल, बालकृष्ण कंडेल, ज्ञानुप्रसाद न्यौपाने, राजेन्द्र भट्टराई, चिरन्जिवी अवाल, अविनाश श्रेष्ठ, किरण सापकोटा, बसन्त देवकोटा, शिवराज गिरी, कृष्णकुमार तिवारी, हेटौंडा अटोमोबाइल्स एशोसिएशनकातर्फबाट अध्यक्ष ऋषि ढकाल, सागर सापकोटा र दिपेन्द्र उप्रेतीसमेतको उपस्थिति रहेको आयोजकले जनाएको छ।

त्यस्तै चितवन अटोमोबाइल डिलर्स एशोसिएशन (काडा) का अध्यक्ष राजन पिया, इश्वरकुमार श्रेष्ठ, कमलनाथ अधिकारी समेत जम्मा ३९ जनाको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको मोडरेशन नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले गरेका थिए। यस किसिमका कार्यक्रहरुले नाडा र नाडा प्रदेश एशोसिएशनहरु विचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुँदै जाने विश्वास नाडाले लिएको छ। यस्ता कार्यक्रमहरु नाडाले विगतमा पनि गर्दै आएको र आउँदा दिनहरुमा पनि गर्दै जाने संस्थाले प्रतिबद्धता जाहेर गरेको छ।

प्रकाशित: २५ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया