
काठमाडौं ।
नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले डिसेम्बर ९, २०२४ देखि “डिसेम्बर डिलाइट” अभियान सुरु गरेको छ। डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
“डिसेम्बर डिलाइट” अन्तर्गत, ग्राहकहरुले रु ६ लाखसम्मको छुट, रु ५ लाखसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, यस अभियानमा जेरो कस्ट अनरशिप प्लान रहेको छ जसमा ग्राहकहरुले आफुलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्।
साथै ३ वर्षको नि:शुल्क चेक-अप, गाडी मर्मत सामाग्रीहरु तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।
हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको बताएको छ। यहि शनिवार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना गरिन लागेको कम्पनीको भनाई छ।
प्रकाशित: २४ मंसिर २०८१, सोमबार