मेटा एआई को लगभग ६०० मिलियन मासिक प्रयोगकर्ता 

  • Technology Khabar | २४ मंसिर २०८१, सोमबार
मेटा एआई को लगभग ६०० मिलियन मासिक प्रयोगकर्ता 

काठमाडौं ।

आफ्नो एआई एसिस्टेन्टलाई आफ्नै एपहरूमा सर्वव्यापी रुपमा उपस्थिति बनाउनका लागि मेटाले एग्रेसिभ पुस लाई जारी राखेको छ। मासिक “लगभग” ६०० मिलियन प्रयोगकर्ताहरूका साथ मेटा एआई आफ्नो अर्को प्रमुख माइलस्टोन पार गर्ने संघारमा रहेको मार्क जुकरबर्गले एक अद्यावधिकमा साझा गरेका छन्। गएको शरद ऋतुमा सुरु भएको मेटा एआईले अक्टोबरमा ५०० मिलियन प्रयोगकर्ताहरू पार गरेको छ।

मेटाको नवीनतम एललामा ३.३ ७०बी मोडेलको रिलीजसँगै यो अपडेट (अद्यावधिक) आएको हो। नवीनतम टेक्स्ट मोडेलमा “एललामा ३.१ ४०५बी मोडेलको समान प्रदर्शन रहेको”, तर “लागतको एक अंशमा” आउने मेटाले उल्लेख गरेको छ।

मेटाका जेनेरेटिभ एआईका भीपी अहमद अल–डाहले गुगलको जेमिनी प्रो १.५ र ओपनएआईको जीपीटी–४० को तुलनामा धेरै बेन्चमार्कहरूमा एललामा ३.३ ले उच्च स्कोर गरेको देखाएको भनि एक्समा एउटा चार्ट पोस्ट गरेको उल्लेख छ।

यसबाहेक जुकरबर्गले अर्को प्रमुख रिलिजलाई पनि छोटकरीमा टिज गरेको उल्लेख छ। ३.३ रिलिज “वर्षको अन्तिम ठूलो एआई अपडेट” हो भनि नोट गरेपछि जुकरबर्गले इन्स्टाग्राममा साझा गरेको भिडियोमा “अर्को स्टप लामा ४ हो” भनेर उल्लेख गरेको बताइएको छ।

जुकरबर्गले एललामा ४ कोस्टोरमा के छ भन्ने बारेमा हालसम्म एकदम कडा रुपमा ओठ बन्द नै राखेका छन्। यद्यपि उनले केही संकेतहरू भने प्रदान गरेको थप उल्लेख गरिएको छ।

यस वर्षको सुरुमा “सानो” एललामा ४ मोडेलहरू “अर्को वर्षको सुरुमा” को एक अपेक्षित रिलीजको साथ मोडेललाई १००,००० एच१००एस भन्दा बढीको क्लस्टरमा तालिम दिइएको भनि सीईओले बताएको इनग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: २४ मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...