भारतमा सीएमएफ फोन १ विस्फोटमा एक जनाको मृत्यु, अर्का एक जना घाइते

Technology Khabar २३ मंसिर २०८१, आईतवार

काठमाडौं ।

भारतको महाराष्ट्रमा आइतबार मोटरसाइकल चलाउने क्रममा खल्तीमा रहेको नथिङ सब–ब्रान्डको सीएमएफ फोन १ विस्फोट हुँदा एक व्यक्तिको दुःखद मृत्यु भएको छ। साथै बाइकमा सवार अर्का एक व्यक्ति गम्भीर घाइते भएको मराठी समाचार च्यानल एबीपी माझाले रिपोर्ट गरेको छ।

घटनाको बारेमा विवरणहरू यस समयमा सीमित रहेको बताइएको छ। एक महिना अघि मात्र किनेको फोन पीडितको खल्तीमा बिस्फोट भएको र जसले गर्दा मोटरसाइकलको नियन्त्रण गुमेको एबीपी माझाले रिपोर्ट गरेको छ। साथै यस दुर्घटनामा एकको ज्यान गएको छ भने अन्य एक जना घाइते भएको एबीपी माझाले रिपोर्ट गरेको छ।

विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ। यद्यपि, विभिन्न स्रोतहरूबाट प्राप्त रिपोर्टहरूका अनुसार बिस्फोटको कारण फोनको ब्याट्री हुन सक्ने बताइएको छ।

यो चिन्ताको विषय भएको र सीएमएफ फोन १ सन् २०२४ को जुलाई मा मात्र लन्च गरिएको थियो। साथै नथिङलाई घटना बारेमा सार्वजनिक रूपमा कुनै टिप्पणी नदिएको उल्लेख छ।

यो सीएमएफ फोन १ विस्फोटको पहिलो रिपोर्ट गरिएको घटना हो। यद्यपि, स्मार्टफोन विस्फोटहरू बारेको घटनाहरू भने असामान्य होइनन्। विगतमा, यस्तै घटनामा वानप्लस जस्ता ब्रान्डहरू समावेश रहेका छन् र गत नोभेम्बरमा मात्रै चार्ज गर्दा आईफोन १४ प्रो म्याक्स पनि विस्फोट भएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

त्यसैगरी यो घटनाले सबै स्मार्टफोन प्रयोगकर्ताहरूलाई सुरक्षालाई प्राथमिकता दिनको लागि ध्यानाकर्षण गराएको छ। यी आवश्यक सुझावहरू दिमागमा राख्नुहोसः

  • ओभर हिटिङ (अत्यधिक तात्ने) बारे सचेत रहनुहोसः यदि तपाईंको फोन विशेष गरी चार्ज गर्दा वा गहन कार्यहरू गर्दा असामान्य रूपमा तातेको महसुस हुन्छ भने यसलाई बन्द गर्नुहोस् र राम्रोसँग हावा चल्ने ठाउँमा चिसो हुन दिनुहोस्। बिग्रिएका वा गैर–प्रमाणित चार्जरहरू प्रयोग नगर्नुहोस्।
  • ब्याट्री सुन्निने/फुल्ने संकेतहरूलाई ध्यान दिनुहोसः फुुल्लिएको ब्याट्री वा सुन्निएको ब्याट्रीले एउटा महत्त्वपूर्ण सुरक्षा खतराको संकेत गर्न सक्छ। यदि तपाईंले ब्याट्री फुुल्लिएको वा सुन्निएको देख्नुभयो भने, तुरुन्तै फोन प्रयोग गर्न बन्द गर्नुहोस् र निर्माता वा ग्राहक समर्थनलाई सम्पर्क गर्नुहोस्।
  • सफ्टवेयर अद्यावधिक गर्नुहोसः निर्माताहरूले प्रायः ब्याट्री व्यवस्थापन समस्याहरूलाई सम्बोधन गर्ने अद्यावधिकहरू जारी गर्छन्। आफ्नो फोनको सफ्टवेयरलाई अप–टु–डेट राख्नाले सम्भावित जोखिमहरू कम गर्न मद्दत गर्न सक्छ।

प्रकाशित: २३ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया