बुटवलका चोक र बजारमा सिसिटिभी जडान, दुर्घटना तथा अपराधिक घटना नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा

Technology Khabar २३ मंसिर २०८१, आईतवार

बुटवलका चोक र बजारमा सिसिटिभी जडान, दुर्घटना तथा अपराधिक घटना नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा
फाइल तस्बिर

काठमाडौं ।

बुटबल उपमहानगरपालिकाले बुटवलका मुख्य चोक र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जहान गरेको छ। भुटबल क्षेत्रमा हुने चोरी, सवारी दुर्घटनालगायतका अपराधिक घटना नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले सिसिटिभी क्यामरा जडान गरिएको हो।

उपमहानगरपालिकाले बुटवल वडा नं. ४, ५, ७ र ८ का मुख्य स्थानमा १२५ वटा सिसिटिभी क्यामरा जडान गरेको हो। बुटवलको बसपार्क, मिलनचोक, इस्पिटल लाइन, नेपालगन्ज रोड, ट्राफिक चोक, पाल्पा बसपार्क र गोलपार्क क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरेको उपमहानगरपालिकाले जनाएको छ।

बुटबल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आइटी शाखामा सिसिटिभी क्यामराको उद्घाटन गर्दै बुटवल उपमहानगर र वडाको संयुक्त बजेटमा क्यामरा जडान गरिएको बताए। मुख्य बजार क्षेत्रमा क्यामरा जडान गरिएको र अरू वडामा पनि आवश्यकता अनुसार सिसिटिभी क्यामरा जडानको तयारी गरिएको उनले बताए।

सिसिटिभी क्यामराको इलाका प्रहरी कार्यालय बुटवलबाट नियमित अनुगमन हुने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए। लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटबलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले अपराध नियन्त्रण तथा बजार क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सिसिटिभी क्यामरा सहयोगी हुने बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: २३ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया