मोबाइल सेट, सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राऊ

Technology Khabar २३ मंसिर २०८१, आईतवार

मोबाइल सेट, सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा  क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो।

भारतभारतबाट आएका उनीहरूबाट विभिन्न  किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा, रु ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम  सुन, रु १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी, विभिन्न दरका रु ६ लाख ११ हजार छ सय २५  भारतीय मुद्रा, साउदी रियाल पनि बरामद भएको प्रहरीले जनाएको छ।-रासस

Sajilo Visa

प्रकाशित: २३ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार