Technology Khabar २३ मंसिर २०८१, आईतवार
काठमाडौं ।
गत नोभेम्बरमा ग्यालेक्सी एस२५, एस२५+ र एस२५ अल्ट्राको अमेरिकी संस्करणहरू एफसीसी मार्फत पास भएका थिए। यसैक्रममा अब तिनीहरूका युरोपेली संस्करणहरूले पनि त्यस्तै गरेका छन्।
ती डिभाइसहरूको क्रमशः एसएम–एस९३१बी÷डीएस, एसएम–एस९३६बी/डीएस, र एसएम–एस९३८बी/डीएस मोडेल नम्बरहरू रहेको बताइएको छ। साथै एफसीसीले ती डिभाइसहरूलाई २५डब्ल्यू (वाट) चार्जरको साथ परीक्षण गरेको उल्लेख छ।
यद्यपि कम्पनीले बक्समा चार्जर भने समावेश गर्ने नगरेको र अल्ट्राले आफ्नो पूर्ववर्तीले जस्तै ४५डब्ल्यू वाट सम्म समर्थन गर्ने थप उल्लेख गरिएको छ।
त्यसका साथै यी सबै डिभाइसहरूमा वायरलेस चार्जिङ समर्थनका साथै वायरलेस पावर सेयरिङ हुने उल्लेख गरिएको छ। त्यसैगरी एफसीसीले ब्लुटुथ ५.४, वाईफाई ७, यूडब्ल्यूबी र एनएफसीको थप रूपमा पुष्टि गरेको छ। यूडब्ल्यूबी भ्यानिला मोडेलमा नयाँ हुनेछ जुन एस२४ मा यसलाई समावेश गरिएको थिएन।
अहिलेका लागि एफसीसी सर्टिफिकेसन प्रासेसले खुलासा गरेको सबै विवरणहरू यति नै हुन्। यसबाहेक एस२५ ट्रिओ जनवरीमा एक विशेष कार्यक्रममा आधिकारिक हुने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २३ मंसिर २०८१, आईतवार