टेक्नो मेगाप्याड ११ ट्याब्लेट घोषण: ९० हर्ज डिस्प्ले र मिडियाटेक जी९९ एसओसी समावेश

  • Technology Khabar | २१ मंसिर २०८१, शुक्रबार
टेक्नो मेगाप्याड ११ ट्याब्लेट घोषण: ९० हर्ज डिस्प्ले र मिडियाटेक जी९९ एसओसी समावेश

काठमाडौं ।

टेक्नो मेगाप्याड ११ अब आधिकारिक रुपमा अक्टोबरमा घोषणा गरिएको भेनिला मेगाप्याडको थप शक्तिशाली विकल्पको रूपमा आएको छ। मेगाप्याड ११ एक ११–इन्च बजेट–उन्मुख स्लेट भएको बताइएको छ।

यो ट्याब्लेटमा ९० हर्ज रिफ्रेस रेट र १२०० × १९२० पिक्सेल रिजोल्युसन (एक मानक १६ः१० पक्ष अनुपात) को साथ ११–इन्चको आईपीएस एलसीडी प्यानल रहेको छ।

त्यसैगरी मेगाप्याड ११ मा ८ जीबी/१२८जीबी वा ८जीबी/२५६जीबी मेमोरीकोसाथ मिडियाटेक जी९९ चिपसेट समावेश गरेको छ। साथै यो ट्याब्लेटको स्टोरेज (भण्डारण) माइक्रोएसडी कार्ड स्लट मार्फत विस्तार गर्न सकिने बताइएको छ।

मेगाप्याड ११ मा रहेको ८,००० एमएएच ब्याट्रीले १८डब्ल्यू (वाट) सम्मको फास्ट (द्रुत) चार्जिङलाई समर्थन गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी ट्याब्लेटमा भिडियो कलहरूको लागि पछाडि १३ मेगापिक्सेलको र अगाडि ८ मेगापिक्सेलको क्यामरा रहेका छन्।

यसबाहेक ट्याब्लेटको अन्य उल्लेखनीय फिचरहरूमा डल्बी एटमस ट्युनिङ र मेटालिक चेसिसको साथ क्वाड–स्पीकर सेटअप समावेश रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २१ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार