
काठमाडौं ।
नेपालमा केहीदिन अघिदेखि चलिरहेको फ्रेञ्चाइज क्रिकेट नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप तीनजनालाई पक्राऊ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बताए अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाटै उनीहरूलाई पक्राउ गरिएको हो।
ब्यूरोका अनुसार हिजो बुधबार साँझ पक्राऊ परेका तीनै जना भारतीय नागरिक हुन्। पक्राउ पर्नेमा भारतका सन्दीपकुमार सिंह, रोहित शर्मा र प्रिन्स सिंह रहेको जनाइएको छ।
ब्यूरोले यसअघि मंगलबार पनि चारजना भारतीय नागरिकलाई बेटिङ अर्थात् सट्टेबाजी गराएको आरोपमा नियन्त्रणमा लिएको थियो। पक्राऊ परेका उनीहरु सबै भारत बिहारका रहेका प्रहरीले जानकारी दिएङ्को थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीले मंगलबार पक्राऊ पर्नेमा भारतीय नागरिकहरु २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार रहेका बताएका थिए।
उनीहरु विरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको र त्यसै अनुरुप अनुसन्धान भइरहेकोमा अब आज पक्राऊ परेकाहरुलाई पनि सोही कसूर अनुसार कारबाही हुने देखिएको छ।
सम्बन्धित समाचार
एनपीएलमा बेटिङ प्लेटफर्मको खुल्लमखुल्ला प्रचार, के गर्दैछ प्रहरी?
प्रकाशित: २० मंसिर २०८१, बिहीबार