त्रिविले खुलायो एलएलएमको भर्ना, अनलाइनमार्फत् प्रवेश परीक्षा दिनुपर्ने

  • Technology Khabar | २० मंसिर २०८१, बिहीबार
त्रिविले खुलायो एलएलएमको भर्ना, अनलाइनमार्फत् प्रवेश परीक्षा दिनुपर्ने

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले कानुन संकायको स्नातकोत्तर तह एलएलएमको भर्ना खुलाएको छ। विश्वविद्यालयले आज एक सूचना प्रकाशित गरी एलएलएम तहको प्रवेश परीक्षा फारम अनलाईन भर्ने र परीक्षा सञ्चालन हुने सम्बन्धी जानकारी गराएको हो।

‘त्रि.वि. कानून संकाय अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजमा सेमेष्टर प्रणाली सञ्चालन विनियम, २०७४ अनुसार जम्मा १८५ सिटका लागि एलएल. एम. तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त शैक्षिक सत्र २०८०/०८१ का लागि मिति २०६१।०८।२० गतेदेखि प्रवेश परीक्षाको फारम अनलाईन मार्फत भर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा उल्लेख छ।

सूचना अनुसार प्रवेश परीक्षाको फाराम अनलाइन मार्फत् नै भर्नुपर्ने र यसबारे विस्तृत विवरण चाहिएमा आफ्नो वेबसाइट www.fol.edu.np  मा जान सकिने वा नजिकै भएकाले कार्यालयको सूचना पाटीमार्फत् पनि थाहा पाउन सक्ने बुझिएको छ।

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...