आफ्ना डाटा सेन्टरहरूको लागि आणविक ऊर्जा प्रयोग गर्ने मेटाको चाहना

Technology Khabar २० मंसिर २०८१, बिहीबार

काठमाडौं ।

मेटाले अमेरिकी डाटा सेन्टरहरूलाई फ्युल (ईन्धन) गर्न आणविक उर्जा प्रयोग गर्ने योजनाहरूको पुष्टि गरेको छ। “२०३० को शुरुवातसँगै” एकदेखि चार गिगावाटको बीचमा आणविक ऊर्जा क्षमता थप्ने लक्ष्यको साथ यो परियोजनामा काम गर्न आणविक ऊर्जा विकासकर्ताहरूबाट प्रस्तावहरू स्वीकार गर्ने कम्पनीले घोषणा गरेको छ।

मेटाले “स्मल मोड्युलर रिएक्टर्स (एसएमआर) वा लार्ज न्यूक्लियर रिएक्टर्स” सँग अनुभव भएका साझेदारहरू खोजिरहेको कम्पनीको प्रस्तावहरूमा उल्लेख गरिएको छ। कम्पनी सम्भावित आणविक साइटहरूको स्थानको बारेमा भने “भौगोलिक रूपमा दुविधा” मा रहेको भन्दै एक्सियोसले रिपोर्ट गरेको छ।

यसअघि कम्पनीले आणविक–संचालित डाटा सेन्टर निर्माण गर्ने योजना बनाएको तर साइट नजिकै दुर्लभ प्रजातिको मौरी फेला परेपछि योजनाहरू विफल भएको द फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको थियो।

“नयाँ आविष्कारहरूले विभिन्न क्षेत्रहरूमा प्रभावकारी प्राविधिक प्रगतिहरू ल्याउँदा र आर्थिक वृद्धिलाई समर्थन गर्दा, हामी विश्वास गर्छौं कि आणविक ऊर्जाले हाम्रो डाटा सेन्टरहरू (भौतिक पूर्वाधार जसमा मेटाको प्लेटफर्महरू सञ्चालन गर्दछ) र तिनीहरू वरपरका समुदायहरू” लाई शक्ति प्रदान गर्ने विद्युतीय ग्रिडहरूको विकास आवश्यकताहरूलाई समर्थन गर्न फर्म, बेसलोड शक्ति प्रदान गर्न मद्दत गर्दछ भनि कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

आफ्नो एआई महत्वाकांक्षालाई शक्ति दिनको लागि आणविक उर्जा खोज्ने मेटा मात्र एक प्रमुख प्राविधिक कम्पनी भने नभएको बताइएको छ। गुगलले भर्खरै एसएमआरहरूबाट ५०० मेगावाट आणविक उर्जा थप्ने लक्ष्यको साथ अमेरिकामा बहु रिएक्टरहरू निर्माण गर्ने सम्झौताको घोषणा गरेको उल्लेख छ।

माइक्रोसफ्टले पनि आफ्नो एआई विकासलाई फ्युल (इन्धन) गर्नको लागि यस वर्ष पेन्सिलभेनियामा रहेको थ्री माइल आइल्याण्ड आणविक प्लान्टलाई पुनर्जीवित गर्न चाहेको बताएको इनग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया