चार महिनामा साढे ५२ करोड हाराहारीका ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात

Technology Khabar २० मंसिर २०८१, बिहीबार

काठमाडौं ।

नेपालमा साउनदेखि  कार्तिक मसान्तसम्मको ४ महिनाको अवधिमा करिब साढे ५२ करोड रुपैयाँ बराबरको ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्तिक महिनाको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार यो ४ महिनामा ५२ करोड ४७ लाख ५८ हजार रुपैयाँ बराबरको ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात भएको छ।

यो एक महिना यति रकम बराबरको ८ लाख १२ हजार ७६१ थान ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात भएको विवरणमा उल्लेख छ।

सरकारले उक्त परिमाणको ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयातबाट यो अवधिमा ३ करोड ३५ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमामा चीन, भारत, जर्मनी, फ्रान्स, कोरिया, मलेशिया, जापान, इण्डोनेसिया र स्विजरल्याण्ड गरी जम्मा १० मुलुकबाट ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात भएको छ।

यीमध्ये सबैभन्दा बढी चीनबाट तथा सबैभन्दा कम फ्रान्स, इण्डोनेसिया र जर्मनीबाट सबभन्दा कम अर्थात् जनही १ थान ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात भएको विवरणले देखाएको छ।

यस्तो छ विवरण:

ईसीजी उपकरण

क्र संदेशविवरण परिमाणरकम (हजारमा)
चीन१२५८१०२३२
जर्मनी१४
भारत६११२६६९१२८
कोरिया२०४१५
मलेसिया२००२०२१०८६१
स्विजरल्याण्ड२४६६
अमेरिका४५८०
जम्मा८१२७४७५७६९५

 

सीटीस्क्यान उपकरण

क्र संदेशविवरण परिमाणरकम (हजारमा)
चीन१४२७४७
फ्रान्स५९७२
जर्मनी१७१५१४
भारत५८
इण्डोजनेसिया२९३६४
जापान११७४०७
जम्मा१४४६७०६३

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया