एससिटी–युपिआइ कार्डधारकहरूका लागि सिभिल मलमा निःशुल्क पार्किङ सुविधा

  • Technology Khabar | १९ मंसिर २०८१, बुधबार
एससिटी–युपिआइ कार्डधारकहरूका लागि सिभिल मलमा निःशुल्क पार्किङ सुविधा

काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र काठमाडौँको सुन्धारामा रहेको सिभिल मल बिच एससिटी–युपिआइ कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ।

यस सेवा अन्तर्गत एससिटी–युपिआइ कार्डधाराकहरूले आफ्नो एससिटी–युपिआइ कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नेछन्। मङ्सिर १६ देखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुनेछ।

एससिटी–युपिआइ डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससिटी–युपिआइको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार