वानप्लस १३ सन् २०२५ को जनवरीमा विश्वव्यापी रूपमा उपलब्ध हुने

Technology Khabar १९ मंसिर २०८१, बुधबार

वानप्लस १३ सन् २०२५ को जनवरीमा विश्वव्यापी रूपमा उपलब्ध हुने

काठमाडौं ।

वानप्लस १३ सन् २०२५ को जनवरीमा अन्तर्राष्ट्रिय रूपमा आइपुग्ने कम्पनीले पुष्टि गरेको छ। कम्पनीको फ्ल्यागशिप अब अन्तर्राष्ट्रिय रूपमा लेदर ब्लू भेरियन्ट सहित तीनवटै रङ्गमा उपलब्ध हुने आधिकारिक प्रेस विज्ञप्तिले उल्लेख गरेको छ।

यद्यपि घोषणाको यकिन मितिको बारेमा भने उल्लेख नगरिएको बताइएको छ। त्यसैगरी सामसङको अपेक्षित ग्यालेक्सी अनप्याक्ड पनि सन् २०२५ को जनवरीमा हुने सम्भावना रहेको छ। त्यसैले सामसङको ग्यालेक्सी अनप्याक्डसँग कम्पनीले आफ्नो इभेन्ट जुधाउनेछ वा छैन भनेर हेर्नको लागि भने पर्खनु पर्नेछ।

वानप्लस १३ एक प्रिमियम फ्ल्यागशिप स्मार्टफोन भएको र यसको ६.८२ इन्च डिजाइनमा अत्याधुनिक प्रविधि फिचर गरिएको उल्लेख छ। यसले स्न्यापड्रागन ८ एलिट प्रोसेसरद्वारा सञ्चालित एलटीपीओ एएमओएलईडी डिस्प्ले वोस्ट गर्दछ भने यसमा ६,००० एमएएच ब्याट्री समावेश गरिएको छ।

फोनको पछाडि, हसेलब्लाडद्वारा ब्रान्ड गरिएको तीनवटा ५० मेगापिक्सेलको क्यामेराहरूको साथ सुसज्जित रहेको छ भने यो डिभाइस एन्ड्रोइड १५ मा अक्सिजनओएस १५ लेयर्डको साथ डेब्यू हुने अपेक्षा गरिएको छ।

यसबाहेक उक्त इभेन्ट (कार्यक्रममा) वानप्लस १३आर को आगमन पनि देख्न सकिने सम्भावना रहेको छ जुन अनरिलिज गरिएको वानप्लस एस ५ को अन्तर्राष्ट्रिय संस्करण भएको उल्लेख छ।

साथै यो थोरै कम शक्तिशाली स्मार्टफोन हुनुका साथै यसमा स्न्यापड्रागन ८ जेन ३ चिप, एउटा शक्तिशाली क्यामरा र कम मूल्य ट्याग हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १९ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार