अबदेखि त्रिवि अन्तर्गतका परीक्षाका मार्कशीट डिजिटल हस्ताक्षरसहित सम्बन्धित क्याम्पसबाटै पाइने

  • Technology Khabar | १८ मंसिर २०८१, मंगलवार
अबदेखि त्रिवि अन्तर्गतका परीक्षाका मार्कशीट डिजिटल हस्ताक्षरसहित सम्बन्धित क्याम्पसबाटै पाइने

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०८० सालमा सञ्चालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहरुको प्रकाशित नतिजाको मार्कसीट डिजिटल हस्ताक्षरसहित सम्बन्धित क्याम्पसबाट प्रिन्ट गरिने व्यवस्था मिलाएको छ।

परीक्षा नियन्त्रण कार्यालयले आज एक विज्ञप्ति प्रकाशन गरी  उक्त कार्यलायबाट प्रवाह गर्ने सेवालाई क्रमशः डिजिटलाइजेशन गर्दै लैजाने अवधारणा अनुरुप यसपटकदेखि यस प्रकारको सुविधा उपलब्ध गराउन लागिएको जनाएको हो।

‘मिति २०८१८ १९ गतेदेखि सम्बन्धित क्याम्पसले आफ्नो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको मार्कसीट क्याम्पसलाई उपलब्ध गराइएको पोर्टलमा रिजल्ट मेनु सेलेक्ट गरी मार्कसीट अप्शनमा गई प्रिन्ट गरी विद्यार्थीहरुलाई उपलब्ध गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

यसबाहेक सम्बन्धित विद्यार्थीहरुले आ-आफ्नो नतिजा पहिलेजस्तो परीक्षा नियन्त्रण कार्यालयमै उपस्थित नभई सम्बन्धित क्याम्पसबाट पनि जानकारी लिन सकिने व्यहोरा समेत सूचित गरेको छ।

प्रकाशित: १८ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...