शंकास्पदरुपमा टुटेको फिनल्याण्ड र जर्मनी बीचको सबसी केबलको मर्मत पूरा

Technology Khabar १८ मंसिर २०८१, मंगलवार

शंकास्पदरुपमा टुटेको फिनल्याण्ड र जर्मनी बीचको सबसी केबलको मर्मत पूरा
सांकेतिक तस्विर

काठमाडौं ।

शंकास्पदरुपमा टुटेको फिनल्याण्ड र जर्मनी बीचको सबसी केबलको मर्मत पूरा भएको फिनिश कम्पनी सिनियाले घोषणा गरेको छ।

फिनिश ब्याकबोन नेटवर्क प्रदायक सिनियाले, टुटेको यसको सी लायन १ (C-Lion1) नामक सबसी केबलको ब्रेक मर्मत गरिएको र फिनल्याण्ड तथा जर्मनी बीचको सिधा जडान अनलाइन र पूर्ण रूपमा सञ्चालनमा आएको बताएको छ।

नोभेम्बर १८ मा यो केबल टुटेको पत्ता लागेको थियो र ओल्यान्ड टापुको पूर्वमा रहेको स्वीडिश एक्सक्लुसिभ इकोनोमिक जोन (ईईजेड) मा मर्मत कार्य निर्धारित समय भन्दा पहिले नै नोभेम्बर २८ मा सम्पन्न भयो।

सन् २०१६ मा सेवाको लागि सुरु गरिएको, सी-लायन १ फिनल्याण्ड र जर्मनी बीचको सबसी दूरसञ्चार केबल हो जसको लम्बाइ ११७३ किमी छ। यो एक मात्र सबसी अर्थात समुद्री केबल हो जुन सिधा फिनल्याण्डलाई पश्चिमी यूरोपसँग जोड्छ, अन्य लिङ्कहरू स्वीडेन र/वा डेनमार्क हुँदै जान्छन्।

सी-लायन १ सबसी केबल सोमबार १८ नोभेम्बरमा बिहान ४ बजेपछि अवरुद्ध भएको थियो।

प्रकाशित: १८ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया