नेट म्याक्स टेक्नोलोजीजको अनुमति पत्र खारेज

Technology Khabar १६ मंसिर २०८१, आईतवार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक नेट म्याक्स टेक्नोलोजीज प्रा. लि, ललितपुरको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशित गरी प्राधिकरणबाट नेट म्याक्स टेक्नोलोजीज प्रा. लि लाई २०६६ / ०७ / २९ मा प्रदान गरिएको इन्टर्नेट ( इ मेल सहित) सेवाको अनुमतिपत्र ( अनुमतिपत्र नं. फि.ज. १-५६) नवीकरण नगरेका कारण खारेज गरिएको जानकारी दिएको हो।

‘नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम मिति २०६१/०७/२९ देखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।

प्राधिकरणले उक्त प्रा.लि. ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र  कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ।

तोकिएको समयमा सम्पर्क नगरेमा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ।

प्रकाशित: १६ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया