गुगलद्वारा फिनल्याण्डमा डाटा सेन्टर विस्तार

  • Technology Khabar | १५ मंसिर २०८१, शनिबार
गुगलद्वारा फिनल्याण्डमा डाटा सेन्टर विस्तार

काठमाडौं ।

गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा दुई करोड ७० लाख यूराकोे जग्गा खरिद गरेको छ।

सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ।

फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डाटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो। उक्त डाटा सेन्टरमा हाल करिब ४०० पूर्णकालिक कर्मचारी कार्यरत छन्।

स्थानीय सञ्चारमाध्यमका रिपोर्टका अनुसार यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस बिस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ, जसले आगामी दुई वर्षमा थप रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १५ मंसिर २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...