रेडमी वाच ५ र बड्स ६ प्रो घोषणा

Technology Khabar १५ मंसिर २०८१, शनिबार

काठमाडौं ।

रेडमी के८० सिरिज आधिकारिक रुपमा घोषणा गरिएको छ भने शाओमीको उप–ब्रान्डले आफ्नो नवीनतम र उत्कृष्ट स्मार्टफोनहरूको साथमा नयाँ स्मार्टवाच र टीडब्लुएस बडहरू पनि घोषणा गरेको छ।

रेडमी वाच ५
रेडमी वाच ५ गत वर्षको रेडमी वाच ४ को उत्तराधिकारी भएको बताइएको छ। शाओमीले बेजेलहरू ट्रिम गर्दै ६० हर्ज रिफ्रेस रेट र १५०० निट्स ब्राइटनेससहितको ठूलो २.०७–इन्चको एएमओएलईडी स्क्रिन समावेश गरेको छ।

वाच ५ मा राइट–ह्याण्ड साइडमा एल्युमिनियम फ्रेम र मेटल डायल फिचर गरिएको छ जसले यूआई नेभिगेट गर्न अनुमति दिनेछ। साथै यो आउट अफ द बक्स शाओमी हाइपरओएस २ को साथ लन्च गर्ने पहिलो वेयरेबल भएको बताइएको छ।

त्यसैगरी शाओमीले ईसिम संस्करण पनि प्रदान गरिरहेको उल्लेख छ जसले समर्थित प्लेटफर्महरूमा प्रयोगकर्ताहरूलाई कल गर्न र मेसेजेज (सन्देशहरू) पठाउन अनुमति दिनेछ।

शाओमीले आफ्नो नयाँ मुटुको गति ट्र्याकिङ सेन्सरले ९७.१ प्रतिशत सटिकता प्रदान गर्ने दावी गरेको छ भने यसमा मानक रक्त अक्सिजन, निद्रा र तनाव ट्र्याकिङ पनि रहेको थप उल्लेख गरिएको छ। यसबाहेक घडीमा बिल्ट–इन जीएनएसएस पोजिशनिङ सेन्सर पनि रहेको बताइएको छ जसले सामान्य खेलकुद र गतिविधिहरू ट्र्याक गर्दछ।

रेडमी वाच ५ मा ५५०एमएएच ब्याट्री रहेको बताइएको छ जुन सामान्य प्रयोगको लागि २४ दिन सम्म र अलवेज–अन डिस्प्ले मोडको साथ १२ दिन सम्मको लागि रेट (मूल्याङ्कन) गरिएको छ।

रेडमी वाच ५ ब्ल्याक (कालो) र सिल्भर (चाँदी) रङ्गगमा आउने र यसको मूल्य ५९९ चिनियाँ युआन (८२ अमेरिकी डलर) कायम गरिएको छ। ईसिम संस्करण टाइटेनियम सिल्भरमा आउने र यसको मूल्य ७९९ चिनियाँ युआन (११० अमेरिकी डलर) रहेको बताइएको छ।

रेडमी बड्स ६ प्रो
रेडमी बड्स ६ प्रो ११ एमएम टाइटेनियम–कोटेड डाइनामिक ड्राइभरहरूसँग आउने जसलाई ६.७ एमएम पिजोइलेक्ट्रिक सिरेमिक ड्राइभरहरूसँग जोडिएको छ।

शाओमीले एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) पनि अपडेट गरेको उल्लेख छ। बड ६ प्रोमा ब्लुटुथ ५.३ र एलएचडीसी ५.० का साथै एलसी३ अडियो कोडेक्स समर्थन रहेको बताइएको छ। बड्सको ब्याट्री लाइफ ३६ घण्टा सम्मको लागि रेट (मूल्याङ्कन) गरिएको छ।

यसबाहेक शाओमीले गेमिङ एडिसन बड्स ६ प्रो पनि प्रदान गरिरहेको बताइएको छ जसले २०एमएस लेटन्सी फिचर गर्दछ भने एलएचडीसी लसलेस अडियो कोडेकलाई यसको विशेष यूएसबी–सी एडाप्टर मार्फत समर्थन गर्ने उल्लेख गरिएको छ।

रेडमी बड्स ६ प्रो जेड ग्रीन, सेतो र कालो रङ्गहरूमा उपलब्ध भएको बताइएको छ। साथै रेडमी बड्स ६ प्रोको मूल्य ३९९ चिनियाँ युआन (५५ अमेरिकी डलर) मा सेट गरिएको छ। बड्स ६ प्रो गेमिङ एडिसन को मूल्य भने ४९९ चिनियाँ युआन (६८ अमेरिकी डलर) रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १५ मंसिर २०८१, शनिबार

तपाइको प्रतिक्रिया