एंकर बाई प्यानासोनिकद्वारा जिभा स्वीच सकेटको बजारमा अनावरण

Technology Khabar १५ मंसिर २०८१, शनिबार

काठमाडौं ।

विद्युतीय निर्माण सामग्री क्षेत्रको अग्रणी एङ्कर वाई पानासोनिकले हयात प्लेस, काठमाडौंमा आयोजित एक भव्य कार्यक्रममा आफ्नो नवीनतम आविष्कार, जिभा स्वीच सकेटका उत्पादन लाई भब्यताका साथ अनवरण ग¥यो ।

प्रस्तुत कार्यक्रममा १५० प्रमुख  बिक्रेता र उद्योगका सरोकारवालाहरुको सहभागिता रहेको थियो, जसले नेपालमा उक्त उत्पादन बारे जानकारी दिनका लागी महत्वपूर्ण कोसेढुङ्गाको रुपमा रहेको पाईन्छ ।

कार्यक्रममा एंकर बाई पानासोनीक, भारतबाट प्रमुख अतिथिको रुपमा आएका योशियुकी काटो, विशाल नाङ्गलिया, र सुनसुके मिजोले जिभा उत्पादनका स्वीच सकेटहरुको बारेमा जानकारी गराएका थिए।

उनीहरूले वस्तुको गुणस्तर, नवीनता, र खुद्रा विक्रेता र उपभोक्ताहरूलाई समान रूपमा मूल्य प्रदान गर्न ब्रान्डको प्रतिबद्धता लाई जोड दिएका थिए।

कम्पनीका अनुसार जीभा उत्पादन एंकर बाइ पानासोनिकको उत्कृष्टताको नवीनतम प्रयासको प्रमाण हो जसले प्रतिस्पर्धी बजारमा ब्रान्डको लागि नयाँ सुरुवातको प्रतीक लाई जनाउने छ।

अत्याधुनिक प्रविधि र आधुनिक सौन्दर्यशास्त्रका साथ डिजाइन गरिएको,जीभाले स्थायित्व, कार्यक्षमता र शैलीलाई प्रतिनिधित्व गर्दछ।

कार्यक्रममा बोल्दै योशियुकी काटोले भने, “जिभा उत्पादनले विद्युतीय निर्माण सामग्री उद्योगमा उत्कृष्टता प्रदान गरेको छ । जीभाको उत्पादनले विद्युतीय क्षेत्रमा नौलो आयाम परिभाषित गर्र्दै प्रिमियम उत्पादनहरू ग्राहक समक्ष प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिएको छ । हामी  विश्वस्त छौं कि यो प्रक्षेपणले नेपालको बजार, विकास र नव प्रवर्तनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ ।

विशाल नाङ्गलियाले हाइलाइट गरे, “हाम्रो लक्ष्य भनेको एङ्कर प्यानासोनिक ब्रान्डसँग गहिरो सम्बन्ध प्रवर्द्धन गर्दै हाम्रा खुद्रा विक्रेता र उपभोक्ताहरूलाई सशक्त बनाउने समाधानहरू प्रदान गर्नु हो। जीभाले आजको बजारको विविध आवश्यकताहरू पूरा गर्ने हाम्रो समर्पणलाई प्रतिनिधित्व गर्दछ। ”

शुन्सुके मिजोले थपे, “यो प्रक्षेपण एङ्कर प्यानासोनिकको लागि महत्त्वपूर्ण क्षण हो किनभने हामीले गुणस्तर, डिजाइन र प्रविधिको संयोजन गर्ने उत्कृष्ट समाधानहरू प्रदान गर्नमा ध्यान केन्द्रित गर्न जारी राखेका छौं। जीभासँग, हामी बजार मा एक नयाँ बेन्चमार्क सेट गर्न को लागी, नेपालका खुद्रा विक्रेताहरु र उपभोक्ताहरु संग हाम्रो सम्बन्ध सुदृढ गर्ने लक्ष्य राख्छौं।’

प्रकाशित: १५ मंसिर २०८१, शनिबार

तपाइको प्रतिक्रिया