कार्तिक मसान्तसम्म नेपाल भित्रिए साढे १३ अर्ब हाराहारीको स्मार्टफोन, कुन देशबाट कति?

  • Technology Khabar | १५ मंसिर २०८१, शनिबार
कार्तिक मसान्तसम्म नेपाल भित्रिए साढे १३ अर्ब हाराहारीको स्मार्टफोन, कुन देशबाट कति?
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको देखिएको देखिएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको कार्तिक महिनासम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात बढेको देखिएको हो।

चालु आर्थिक वर्ष २०८१/८२ को चौथो महिना अर्थात् भदौ मसान्तसम्म १३ अर्ब ४० करोड ४८ लाख ७० हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको ८ लाख २७ हजार ९२५ थान स्मार्टफोन आयात भएको हो।

चालु आर्थिक वर्षको शुरुवाती ४ महिनामा सरकारले स्मार्टफोनको आयातबाट २ अर्ब ४९ करोड २७ लाख ७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ५० मुलुकबाट स्मार्टफोन आएको गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनासम्म चीनबाट ९ अर्ब १९ करोड ७१ लाख ९९ हजार रुपैयाँ बराबरको ६ लाख ११ हजार ९९७ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट ४ अर्ब २ करोड ८४ लाख ६४ हजार रुपैयाँ बराबरको २ लाख १३ हजार ४९ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

बाँकी ४८ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएको छ।

तालिका यस प्रकार छ:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
चीन६११९९७९१९७१९९
भारत२१३०४९४०२८४६४
भियतनाम१०२४९०६
अमेरिका४१६४९३६७
जापान३९२२९४९२
यूएई२८५३४३३९
कोरिया१५०११०१६
अस्ट्रेलिया१३८१५१८१
कतार१०१११९२५

 

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
कुवेत८७१०९८
हङकङ६८५२५८
बेलायत६१६५७७
क्यानडा३३३८०७
मलेसिया२१७७३
साउदी अरेबिया१२७९५

 

यसबाहेक अन्य ३५ देशबाट घटीमा १ देखि बढीमा ९ थानसम्म स्मार्टफोन आएका छन्।

प्रकाशित: १५ मंसिर २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार