यस्तो हुनेछ आईफोनको अहिलेसम्मकै सबैभन्दा पातलो भर्जन ‘आईफोन १७ एयर’

Technology Khabar १५ मंसिर २०८१, शनिबार

काठमाडौं ।

सन् २०२५ को आईफोन १७ सिरिजमा एप्पलले केही रोमाञ्चक नयाँ परिवर्तनहरू ल्याउन सक्छ। यी अर्को पुस्ताकाको एप्पल फ्ल्यागशिपहरूमा विशेष गरी प्रो मोडेलहरूको डिजाइनमा उल्लेखनीय परिवर्तनहरू समावेश गरिने उल्लेख गरिएको छ।

त्यसका साथै अर्को वर्षदेखि आइफोनको हाइलाइट भनेको नयाँ मोडल हुनसक्ने थप उल्लेख गरिएको छ। आईफोन १७ एयरको अहिले अनलाइनमा निकै चर्चा फैलिरहेको छ। त्यसैले यहाँ तपाईंले जान्न आवश्यक सबै कुराहरू छन्ः

१. “आईफोन १७ स्लिम”
पातलो नयाँ आईफोनको पहिलो पटक देखा परेको अफवाहहरूमा प्रारम्भिक रिपोर्टहरूले डिभाइसलाई आईफोन १७ स्लिमको रूपमा उल्लेख गरेको छ। यद्यपि एप्पलले आईफोनमा एयर ब्रान्डिङ ल्याइरहेको छ वा छैन भन्ने बारेमा अस्पष्ट रहेको भए तापनि आईफोन १७ एयर वा आईफोन १७ स्लिम उही मोडेलहरू हुने आशा गर्न सकिनेछ।

साथै नामले सुझाव दिए जस्तै, आईफोन १७ एयरले एप्पलको स्मार्टफोन लाइनअपमा एक प्रमुख रिडिजाइन ल्याइरहेको बताइएको छ। कम्पनीले अहिलेसम्मको सबैभन्दा पातलो आईफोन बनाइरहेको हल्ला पनि रहेको छ। आईफोन १७ एयर मात्र ५ देखि ६ मिमी मोटो हुने लीकले संकेत गर्दछ।

आईफोन १६ को मोटाई ७.८ मिमी रहेको हुनाले आईफोन १६ लाई पनि स्लिम मानिने गरिएको छ। यद्यपि आईफोन १७ एयर भने आईफोन १६ भन्दा लगभग ३५ प्रतिशत पातलो हुने उल्लेख गरिएको छ। साथै ब्रान्ड–न्यू मोडेलले आईफोन १६ प्लसलाई प्रतिस्थापन गर्ने बताइएको छ।

साथै यसअघि प्लसले मिनीलाई प्रतिस्थापन गरेको थियो। पातलो नयाँ ओएलईडी डिस्प्ले यी डिभाइसहरूलाई स्लिमर बनाउन मद्दत गर्ने पक्षहरू मध्ये एउटा भएको बताइएको छ जुन कम ज्ञात ताइवानी ब्रान्डले बनाएको उल्लेख गरिएको छ।

उक्त स्क्रिनले टीडीडीआई प्रविधिलाई एकीकृत गरेको बताइएको छ जसले टच सेन्सर र डिस्प्ले ड्राइभरलाई एकल तहमा पातलो बनाउनको लागि संयोजन गर्ने उल्लेख गरिएको छ।

२. प्रोमोशन १२० हर्ज डिस्प्ले
ओएलईडी प्यानल पातलो हुँदै गइरहेको हुनाले, सम्पूर्ण आईफोन १७ एयर र आईफोन १७ सिरिजले अन्ततः प्रोमोशन डिस्प्ले टेक्नोलोजी प्राप्त गर्ने भएका छन्। साथै बेस (आधार) आईफोन १७ ले पनि स्मूथ एलटीपीओ डिस्प्लेहरू प्राप्त गर्ने भएको छ।

हाईएर इन्ड आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सले अन्डर–डिस्प्ले फेस आईडी प्रणालीको साथ डिस्प्लेहरूमा थप अपग्रेडहरू प्राप्त गर्ने अफवाह रहेका छन्। यद्यपि, आईफोन १७ र आईफोन १७ एयरमा भने यसलाई छोड्न सकिने बताइएको छ।

३. डुअल सेन्ट्रल क्यामरा वा लोन क्यामरा
ज्ञात एप्पल विश्लेषक मिङ–ची कुओका अनुसार आईफोन १७ एयरको पछाडि एकल क्यामरा सेन्सर हुनेछ। यद्यपि सही विवरणहरूको बारेमा भने उल्लेख नगरिएको भए तापनि डिजाइन भने पुरानो आईफोन ८ सँग मिल्दोजुल्दो हुने बताइएको छ।

आईफोन १७ एयरको हालैको एक प्रमुख लीकले बोल्ड डिजाइन ओभरहाल टिज गरेको उल्लेख छ। लीक रेन्डरहरूले डुअल सेन्ट्रल क्यामरा प्लेसमेन्टको साथ पछाडिको डिजाइनमा ठूलो परिवर्तन देखायो बताइएको छ जुन पुरानो एलजी स्मार्टफोनहरू जस्तै देखिने थप उल्लेख गरिएको छ। साथै एप्पलले थप कम्प्याक्ट क्यामरा मोड्युल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

४. कुनै भौतिक सिम नहुने
एप्पलले आईफोन १७ एयरको प्रभावशाली पातलोपन प्राप्त गर्नको लागि भनेर स्ट्याण्डर्ड फिचर (मानक सुविधा) त्याग गरिरहेको हुन सक्छ भनि भर्खरैको एक रिपोर्टले खुलासा गरेको छ।

ब्रान्डले आगामी स्लिम आईफोनमा भौतिक सिम समर्थन पूर्ण रूपमा हटाउन सक्ने सम्भावना रहेको बताइएको छ। त्यसैले डिभाइसमा अब रिमुभेबल सिम कार्ड स्लट हुनेछैन भनि गीज्मोचाइनामा उल्लेख गरिएको छ। साथै यो एक साहसी कदम हुने भएकाले सम्भावित रूपमा चीन जस्ता बजारहरूमा यसको बिक्रीलाई असर गर्न सक्ने थप उल्लेख गरिएको छ।

प्रकाशित: १५ मंसिर २०८१, शनिबार

तपाइको प्रतिक्रिया