Technology Khabar १४ मंसिर २०८१, शुक्रबार
काठमाडौं ।
सरकारले गृह मन्त्रालय र मातहतका निकायवाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष स्थापना गरी सञ्चालन गरेको छ।
उक्त कक्षबाट मन्त्रालय र अन्तर्गतका निकायमार्फत प्रवाह हुने सेवा सम्बन्धी गुनासो सुनुवाई निम्न माध्यम र प्रक्रिया बमोजिम गरिने आज एक प्रेस विज्ञप्तिमार्फत् मन्त्रालयले जनाएको छ।
माध्यम तथा प्रक्रिया
यस्ता गुनासाहरु गुनासो कक्षको इमेल: [email protected], एक्स (X): हेलो गृह @mohagunaso, फेसबुक: हेलो गृह मन्त्रालय, हाट्सएप नम्बर: ९८५१३६०६०३ तथा हुलाकमार्फत लिखित व्यहोरा पठाएर गर्न सकिने जनाइएको छ।
गृह मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोहरू सेवाग्राहीले सम्बन्धित निकायको हकमा सोही निकायको प्रमुख वा विभागीय प्रमुखसमक्ष र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीसमक्ष गुनासो गर्न सकिनेछ।
#यसरी प्राप्त गुनासोलाई सम्बन्धित निकायको प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत प्राथमिकतासाथ सुनुवाई र फछ्यौट गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
सम्बन्धित निकायबाट गुनासो सुनुवाई हुन नसकेमा देहाय बमोजिमको माध्यमबाट हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्षमा गुनासो गर्न सकिने प्रावधान राखिएको छ।
प्रकाशित: १४ मंसिर २०८१, शुक्रबार