कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माणलाई ग्लोबल आइएमई बैंकद्वारा २० लाख सहयोग

  • Technology Khabar | १२ मंसिर २०८१, बुधबार
कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माणलाई ग्लोबल आइएमई बैंकद्वारा २० लाख सहयोग

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ।

ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गरिन्।

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विद्युतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नं ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरु भईरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले बताए।

साथै, बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिए।

बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरु छनोट गरी काम गरीरहेको जनाएको छ।

प्रकाशित: १२ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार