प्रविधिको माध्यमबाट ३ देखि ५ लाख युवालाई रोजगारी सिर्जना गरिनेछ: सञ्चारमन्त्री गुरुङ

  • Technology Khabar | १२ मंसिर २०८१, बुधबार
प्रविधिको माध्यमबाट ३ देखि ५ लाख युवालाई रोजगारी सिर्जना गरिनेछ: सञ्चारमन्त्री गुरुङ
फाइल तस्बिर।

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले टिकटकलगायत सामाजिक सञ्जाल युवा वर्गका लागि स्वरोजगारको माध्यम बनेको बताउँदै प्रविधिको माध्यमबाट आगामी दुई वर्षमा तीनदेखि पाँच लाख युवालाई रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताए।

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीद्वारा मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले यस्तो विचार व्यक्त गरेका हुन्। सोही कार्यक्रममा उनले भ्रष्टाचारमा संलग्न ठहरिएका जो सुकैलाई कानुनअनुरुप करबाही गरिने पनि बताए।

मुलुकमा अस्थिरता निम्त्याउन छुट नभएको बताउँदै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गुरुङले अस्थिरताको अन्त्य र सुशासन अभिवृद्धिका लागि सरकार क्रियाशील रहेको जानकारी दिए।-रासस

प्रकाशित: १२ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार