अनर ३०० सिरिजको लन्च मिति पुष्टि

Technology Khabar १२ मंसिर २०८१, बुधबार

काठमाडौं ।

अनर ३०० र अनर ३०० प्रो आगमी डिसेम्बर २ तारिखमा आउँदैछन् भनि ब्रान्डले वेइबोमार्फत खुलासा गरेको छ। दुवै फोनहरूमा म्याजिकओएस ९ हुनेछ भने प्रो स्न्यापड्रागन ८ जेन ३ मा रन हुने जस्तो देखिएको छ।

कम्पनीले दुवै फोनका लागि पूर्व–अर्डरहरू खुल्ला गरिसकेको र ग्राहकहरूले ९९९ चिनियाँ युआन (लगभग १४० अमेरिकी डलर/१३० यूरो) मूल्य जम्मा गरेर लाइनमा स्थान बुक गर्न सक्ने छ।

त्यसैगरी अनर ३०० र अनर ३०० प्रो दुबै कम्पनीको वेबसाइटमा देखिएको र चासो दर्ता गर्ने प्रयोगकर्ताहरूलाई डिसेम्बर २ तारिखमा मूल्य र उपलब्धता बारे थप जानकारी दिने वाचा गरिएको उल्लेख छ।

सोमबार गरिएको घोषणाले अर्को सोमबार लन्च हुने पुष्टि गरेको र लन्चकादौरान दुई फोनहरू देखिने उल्लेख गरेको छ। यद्यपि केही हप्तादेखि देख परेका धेरैवटा जीवनशैली फोटो र रेन्डरहरूका बावजुद, त्यहाँ पेरिस्कोप लेन्स भएको अनर ३०० अल्ट्राको बारेमा कुनै जानकारी नभेटिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

त्यसैले यसले पेरिस्कोप लेन्ससहितको अनर ३०० अल्ट्राको बारेमा प्रश्न उठाएको र यो डिभाइस अनर ३०० र अनर ३०० प्रोको साथ आउँछ वा पछिको अन्य कुनै मितिमा आउँदैछ भन्ने बारेमा ठोस जानकारी उपलब्ध नभएको थप उल्लेख गरिएको छ।

पुष्टि भएका दुई फोनहरू पर्पल अनर ३०० र स्यान्ड गोल्ड अनर ३०० प्रो गरी केही रमाइलो रङ्गहरूमा आउने भएका छन्।

प्रकाशित: १२ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया