मोफसलमा रहेका पत्रकार तथा सञ्चारमाध्यमलाई दिइने सुविधाका लागि प्रेस काउन्सिलद्वारा आवेदन माग

Technology Khabar ११ मंसिर २०८१, मंगलवार

काठमाडौं ।

प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रम अनुसार मोफसलमा रहेका पत्रकार तथा सञ्चार माध्यमहरूलाई उपलब्ध गराइँदै आएको विभिन्न सुविधाका लागि आवेदन दिन काउन्सिलले आह्वान गरेको छ।

आर्थिक वर्ष २०८१/८२ का लागि ३५ दिनभित्र प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषको सचिवालयमा लिखित वा अनलाइन माध्यम https://forms.gle/iZFaEAwVJeDFc6989 अथवा QR Code Scan गरी Google Form बाट वा [email protected] इमेलमार्फत पनि निवेदन दिन आज एक सूचना प्रकाशित गरी काउन्सिलले मोफसलका सबै पत्रकारहरुलाई सूचित गरेको हो। यससम्बन्धी विस्तृत विवरण www.presscouncilnepal.gov.np मा हेर्न सकिने जनाइएको छ।

सहयोग गराइने क्षेत्र र सीमा यसप्रकार हुनेछ:

१. ल्यापटप खरिद अनुदान (४० प्रतिशत) १६ वटा

२. क्यामेरा खरिद अनुदान (३० देखि ४० प्रतिशत) ४ वटा

३. सोधपत्र लेखन : ७ जना (प्रत्येक प्रदेशबाट १ जनाका दरले)

४. सञ्चारकेन्द्र स्थापना अनुदान १ वटा

यी माथिका सुविधासम्बन्धमा एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधाको लागि आवेदन दिन सकिने स्पस्ट पारेको छ। दुर्गम स्थानीय सञ्चार माध्यम र यसअधि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइनेछ। निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर, आवश्यक कागजात र इमेल अनिवार्य हुनुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित: ११ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया