स्टारलिंकले नेपालको कानून मानेर आउनुपर्ने सञ्चार मन्त्रीको भनाई

Technology Khabar ११ मंसिर २०८१, मंगलवार

स्टारलिंकले नेपालको कानून मानेर आउनुपर्ने सञ्चार मन्त्रीको भनाई
फाइल तस्विर। रासस

काठमाडौं ।

पछिल्लो समय विश्वकै धनी व्यक्ति इलन मस्कको कम्पनी स्टारलिंक नेपालमा आउने चर्चा रहेको छ। यसको लागि कम्पनीका प्रतिनिधिले सरकारसँग लबिङ्ग गरिरहेका छन भने इलन मस्कले प्रधानमन्त्रीसँग भर्चुअल कुराकानी गरिसकेका छन्।

यसबिचमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले स्टारलिंकले नेपालमा सेवा विस्तार गर्न नेपालको कानून मान्नुपर्ने बताएका छन्। उनले कान्तिपुर टेलिभिजनसँगको एक अन्तरवार्तामा नेपालको कानून मानेर आउनुपर्ने बताएका हुन्।

‘प्रधानमन्त्रीसँग इलन मस्कले गरेको भिडियो वार्तामा के कुरा भयो?’ भन्ने एक प्रश्नको जवाफमा भने, ‘के कुरा भयो भन्ने त मलाई थाहा छैन। तर स्टारलिंक नेपाल आउने हो भने नेपालको कानूनअनुसार आउन तयार हुनुपर्छ। ऐनकानून अनुसार आएपनि दिने नदिने हाम्रै निर्णय हुन्छ।’

उनले स्टारलिंकका प्रतिनिधिले यसअघि आफूसँग कुरा गरेको जानकारी दिँदै उनीहरूको प्रस्तावका बारेमा आफ्ना कुरा राखेको बताएका थिए।यसका साथै उनले स्टारलिंकबाट नेपाललाई ठोस प्रस्ताव आइनसकेको समेत बताएका थिए।

प्रकाशित: ११ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया