टेस्ला र रिभियन ट्रेड सेक्रेट मुद्दामा ‘सशर्त’ सम्झौतामा पुगे

  • Technology Khabar | ११ मंसिर २०८१, मंगलवार
टेस्ला र रिभियन ट्रेड सेक्रेट मुद्दामा ‘सशर्त’ सम्झौतामा पुगे
फाइल फोटो

काठमाडौं ।

टेस्लाले रिभियन विरुद्ध मुद्दा दायर गरेको चार वर्ष पछि दुई कम्पनी समाधानको नजिक पुगेको देखिएको छ। ट्रेड सेक्रेट प्राप्त गर्ने लक्ष्यका साथ आफ्ना कर्मचारीहरूलाई रिभियले चोरेको भन्दै टेस्लाले रिभियनलाई आरोप लगाएको थियो।

ब्लूमबर्गका अनुसार, टेस्लाले रिभियनसँग “सशर्त” सम्झौतामा पुगेको र डिसेम्बर २४ सम्ममा मुद्दा खारेज गर्ने अपेक्षा गरेको बताएको छ। सन् २०२० मा दायर गरिएको मुद्दामा, रिभियनले टेस्लाका कर्मचारीहरूलाई जानकारी चोर्न प्रोत्साहित गरेको र “अत्यधिक मूल्यवान, गोप्य जानकारीका साथ रिभियनको लागि प्रस्थान गरेका तीन कर्मचारीहरूलाई समातेको” टेस्लाले दाबी गरेको छ।

रिभियनले भने सुरुदेखि नै आरोपहरूलाई अस्वीकार गर्दै आएको र तिनीहरूलाई “निराधार” भएको बताएको छ।

रिभियनले मुद्दा खारेज गर्नको लागि एक प्रस्ताव दायर गरेको भए तापनि त्यसलाई क्यालिफोर्नियाका न्यायाधीशले भने रिभियनले मुद्दाको सामना गर्नुपर्नेछ भनेर अस्वीकार गरेको उल्लेख छ।

सन् २०२५ मा सुनुवाई हुने अपेक्षा गरिएको भए तापनि अब यो मामला सुनुवाई बिना नै वर्षको अन्त्य भन्दा पहिले सकिन सम्भावना रहेको इनग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: ११ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...