Technology Khabar १० मंसिर २०८१, सोमबार
काठमाडौं ।
एप्पलले गत सेप्टेम्बरमा आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स अनावरण गरेको थियो। यद्यपि पेरिस्कोप टेलिफोटो क्यामराहरू भने आईफोन १६ सिरिजको केवल प्रो संस्करणहरूमा रहेका छन्। त्यसैगरी अर्को वर्षको नन्–प्रो आईफोन १७ मोडेलहरूमा पनि पेरिस्कोप युनिटहरू समावेश नगरिने उल्लेख गरिएको छ।
दक्षिण कोरियाली प्रकाशन द इलेक ले पेरिस्कोप टेलिफोटो क्यामरा अर्को वर्षको लाइनअपमा प्रो मोडलहरूमा विशेष रहने दाबी गरेको छ। त्यसका साथै आईफोन क्यामरा मोड्युलहरू बनाउने एलजी इनोटेकले – नयाँ सुविधाहरूमा लगानी गरिरहेको र जुन सम्भवतः अपग्रेड गरिएको आईफोनको १७ सिरिज क्यामरा मोड्युलहरूको लागि हुन सक्ने बताइएको छ।
आईफोन १७ सिरिजले आईफोन १७, आईफोन १७ एयर (वा स्लिम), आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स गरी चारवटा मोडेलहरू समावेश गर्ने अपेक्षा गरिएको छ।
आईफोन १६ प्रो र प्रो म्याक्स मा पेरिस्कोप क्यामराहरूमा ५× अप्टिकल जूम भएको हुनाले, अर्को वर्षको प्रो संस्करणले कम्तीमा ५× अप्टिकल जूम प्रदान गर्ने अपेक्षा गर्न सकिनेछ। यद्यपि आईफोन १७ र आईफोन १७ एयर/स्लिमले भने पेरिस्कोप क्यामराहरू प्राप्त नगर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १० मंसिर २०८१, सोमबार