कार्तिक महिनामा नेपाल भित्रियो सवा २ अर्बमाथिको विद्युतीय चारपाङ्ग्रे गाडी

Technology Khabar १० मंसिर २०८१, सोमबार

कार्तिक महिनामा नेपाल भित्रियो सवा २ अर्बमाथिको विद्युतीय चारपाङ्ग्रे गाडी
सांकेतिक तस्विर

काठमाडौं ।

आर्थिक वर्ष २०८१/८१ को चौथो महिना कार्तिकमा मात्र नेपालमा २ अर्ब २५ करोड ४८ लाख ९० हजार रुपैयाँ बराबरको विद्युतीय चारपाङ्ग्रे गाडी आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को कार्तिक मसान्तसम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

शुरुवाती तीन महिना अर्थात् असोज मसान्तसम्म  नेपालमा ६ अर्ब ११ करोड रुपैयाँ हाराहारीको २ हजार ५१८ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएकोमा पछिल्लो १ महिनामा २ अर्ब २५ करोड रुपैयाँमाथिको ९६९ थान विद्युतीय सवारी साधन थपिएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी र अमेरिका गरी विश्वका चार देशबाट ती सवारी साधन भित्रिएका हुन्।

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म५१३९८, ३६, ४३, ०००
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म५३७९०, ५७, ३३, ०००

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म१, ६८३४, ५५, २८, ३३, ०००
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म४३२८७, ५९, ४८, ०००

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म३१०९८, ०९, ३५, ०००
कार, जीप र भ्यानसं. रा. अमेरिका१०१ देखि २०० किलोवाटसम्म८२, २६, ०००
कार, जीप र भ्यानजर्मनी१०१ देखि २०० किलोवाटसम्म२, ८२, ७३०००

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म९९, ७०, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी२०१ देखि ३०० किलोवाटसम्म१, ७०, ६८, ०००

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन ३०० किलोवाटदेखि माथि८३, २३, ०००

प्रकाशित: १० मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया