
काठमाडौं ।
राहदानीको विद्युतीय प्रणालीमा समस्या आएको छ। राहदानी विभागले प्रणालीमा आएको समस्याका कारण विद्युतीय राहदानी सेवा सुचारू गर्न नसकिएको आज जानकारी गराएको हो।
विभागका शाखा अधिकृत किरणकुमार गुरूङले उक्त समस्यालाई प्राविधिक समूहबाट समाधानका कार्य भइरहेको जानकारी दिए।
विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “यही मङ्सिर ६ गतेदेखि समस्या आएको र यसको पूर्ण समाधानका सम्बन्धमा प्रारम्भिक निष्कर्ष मङ्सिर ९ गतेसम्ममा थप जानकारी गराउन सकिने बेहोरा अनुरोध छ।”
विद्युतीय प्रणालीमा आएको समस्या समाधान गरी मङ्सिर १० गतेसम्ममा राहदानीको सेवा पूर्णरूपमा सुचारू गराउन प्रयासरत रहेको विभागले जानकारी गराएको छ।
विभागले उक्त समस्याबारे ६६ ओटै जिल्ला प्रशासन कार्यालय तथा १७ ओटै इलाका प्रशासन कार्यालयलाई समेत जानकारी पठाएको छ। रासस
प्रकाशित: ८ मंसिर २०८१, शनिबार